गुरुवार, 12 नवंबर 2015

लमजुङमा जीप दुर्घटना, पाँचको मृत्यु, दुई घाइते

२६ कात्तिक, लमजुङ । लमजुङमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । दुर्इ जना घाइते भएका छन् । मत्यु हुनेमा बेसिसहर नगरपालिका १३ बस्ने भरत थापा, बसन्त श्रेष्ठ, खुसीराम आले, मुसा तामाङ र खुदी नौका नन्दबहादुर गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।दुर्घटनामा परी हिरा आले र अक्कलबहादुर लामा तामाङ घाइते भएका छन् । उनीहरुको प्राथमिक उपचार गरी लमजुङमा सिटिस्यान गर्ने मेसिन नभएका कारण मणिपाल अस्पतालमा रिफर गरिएको लमजुङका डीएसपी शम्भु ढकालले अनलाइनखबरलाई जानकारी दिए ।
ग १ ज ५५८८ नम्बरको जीप लमजुङ-मनाङ सडकको बेसीसहर नगरपालिका १३ चमैते बेलौति बिसौनी भन्ने स्थानमा दुर्घटना भएको हो । जीप सडकबाट झन्डै दुईसय मिटर तल भीरमा खसेको ढकालले बताए । दुर्घटनाको खबर प्रहरीले बिहान साढे दुर्इ बजे पाएकाले झण्डै सवा दुर्इ बजेको समयमा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

कोई टिप्पणी नहीं: