गुरुवार, 12 नवंबर 2015

नेपालले तेल किन्न प्रस्ताव गरेसँगै बंगलादेशले प्रशोधन क्षमता बढाउँदै

Bangaladesh२६ कात्तिक, ढाका । नेपालले प्रशोधित तेल आयातका लागि रुची देखाएसँगै बंगलादेश सरकारले आफ्नो तेल प्रशोधन क्षमता बढाउने भएको छ । बंगलादेशमा तेल कारोबार गर्ने सरकारी कम्पनी बंगलादेश पेट्रोलियम कर्पोरेसनले बुधबार एक फ्रान्सेली कम्पनीसँग बाषिर्क ३० लाख टन कच्चा तेल प्रशोधन गर्नेगरी दोस्रो युनिट स्थापनाका लागि सम्झौता गरेको बंगलादेशबाट प्रकाशित द स्टार दैनिकले जनाएको छ ।
बंगलादेशका उर्जाराज्य मन्त्री नसरुल हमिदले भने- दोस्रो युनिट पुरा भएसँगै हामी तेल निर्यात गर्न सक्षम हुनेछौं ।’ नेपालले बंगलादेशबाट तेल किन्न रुची देखाइसकेको मन्त्री हमिदले जानकारी दिए । सन् २०१८ मा युनिट निर्माण कार्य सम्पन्न भएपछि बंगलादेशले नेपालसँगै श्रीलंका, भुटान, म्यानमार र भारतका उत्तरपूर्वी भागमा तेल निर्यात गर्ने लक्ष्य राखेको छ ।  

कोई टिप्पणी नहीं: