शनिवार, 14 नवंबर 2015

पेरिसमा अन्धाधुन्द गोली प्रहार र विस्फोट, एक सय बढीकाे मृत्यु

२८ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको गोली प्रहार र विस्फोटमा परी कम्तिमा एक सयको मत्यु भएको छ । घटना लगतै फ्रास्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ । 
paris attacksपुलिसका अनुसार मध्य पेरिसको बालिक्यान कनसर्ट हलमा मात्र १०० भन्दा बढीको मृत्यु भएको छ ।  पेरिसको नेशनल स्टेडियम बाहिर पनि विस्फोट भएको छ । विस्फोट आत्मघाती हुनसक्ने अनुमान गरिएको छ । विस्फोटको समयमा भित्र स्टेडियमा फ्रान्स र जर्मनीबीच मैत्रिपूर्ण फुटबल भइरहेको थियो । खेल हेर्न फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड पनि रंगशालामा पुगेका थिए । विस्फोटपछि सुरक्षाकर्मीले उनलाई सुरक्षित रुपमा बाहिर लगेको छ । आक्रमणको यो घटना पेरिसको स्थानीय समय अनुसार रातको करिव नौ बजे भएको थियो । अहिलेसम्म घटनाको कुनै समूहले जिम्मा लिएको छैन । तर, चरमपन्थी संगठन इस्लामिक स्टेटका समर्थकहरुले सामाजिक सञ्जालमा पेरिस आक्रमणको प्रसंसा गरेको बीबीसीले जनाएको छ।

कोई टिप्पणी नहीं: