सोमवार, 23 नवंबर 2015

नवलपरासी सवारी दुर्घटना, २ को मृत्यु, ४२ घाईते !

रामकुमार श्रेष्ठ ७ मंसिर, नवलपरासी । नवलपरासीमा भएको दुई छुट्टाछट्टै सवारी दुर्घटनामा परी दुर्इ जनाको ज्यान गएको छ । ४२ जना घाईते भएका छन । घाईतेमध्ये १२ जनाको अवस्था गम्भिर रहेको  छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको गैडाकोट १० मा  सोमबार बिहान सवा चार बजेको समयमा  भएको सवारी दुर्घटना दुर्इ जनाको मृत्यु भएको छ । २७ जना घाईते भएका छन । घाईते मध्ये १० जनाको अवस्था नै गम्भिर रहेको ईलाका प्रहरी कार्यालय गैडाकोटमा प्रहरी निरिक्षक किरण जोशिले जानकारी दिए । जोशिका अनुसार ना ४ ख १९१२ नम्बरको रोकिराखेको ट्रकमा महेन्द्र नगरबाट काठमाण्डौको लागि छुटेको ना ५ ख ४०५७ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी महेन्द्रनगरका २५ बर्षिय सन्तोस शाह र नेपाली सेना रोल्पामा कार्यरत लम्जुङका ३३ बर्षिय बिमल कुँवरको घटनास्थलमै ज्यान गएको हो । घाईते सबैको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यस्तै पुर्व पश्चिम राजमार्ग अन्तरगत  नवलपरासीको कावासोती १६ डण्डामा गएराति रोकिराखेको बसमा अर्को बसले ठक्कर दिदा १५ जना घाईते भएका छन । घाईते मध्ये दुर्इ जनाको अवस्था गम्भिर छ ।
ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार पश्चिबाट काठमाण्डौ तर्फ आउदै गरेको लु १ ख ६९९८ नम्बरको रोकिराखेको बसलाई पाल्पाबाट काठमाण्डौको लागि छुटेको लु १ ख ५९ २१ नम्बरको बसले पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको हो । घाईते १३ जनाको मध्यविन्दु सामुदायीक अस्पताल डण्डामा र दुर्इ जनाको भरपुरमा  उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कोई टिप्पणी नहीं: