सोमवार, 23 नवंबर 2015

रुपन्देहीमा भण्डारण गरिएको औषधीले एक महिना मात्र धान्ने !

सलमान खान ७ मंसिर, भैरहवा । भारतीय नाकाबन्दीले औषधि नभित्रँदा रुपन्देहीमा पनि औषधिको अभाव हुन थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले निःशुल्क बितरण आधारभूत औषधि अभाव हुन थालेको छ । जनस्वास्थ्यले आफु मातहतका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी मार्फत बिभिन्न ५९ प्रकारका औषधी र जिल्ला सदरमुकाम भैरहवामा रहेको भिम अस्पतालले ६९ प्रकारका औषधि निःशुल्क वितरण गर्ने गरेको छ ।
No-medicinजिल्लामा एन्टीबायोटिकका र विभिन्न किसिमका औषधीहरुको अभाव रहेको अस्पतालहरुले जनाएका छन् । त्यस्तै गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, टाइफाइडका लागि प्रयोग हुने सिप्रो, घाउ खटिरा, निमोनियाका लागि प्रयोग गरिने एमोक्सिन, बेटाडिन, लगायतका औषधीहरु अभाव रहेको जिल्ला जिल्ला जनस्वास्थय कार्यालय रुपन्देहीका मेडिसिन स्टोर इन्चार्ज युवराज पाण्डेले बताए ।

अन्य जिल्ला जस्तो रुपन्देहीमा अवस्था आएको छैन तर यस्तै रह्यो भने त्यस्तो अवस्था आउन सक्छ इन्जार्च पाण्डेले अनलाइनखबरसगँ भने सिटामोल र भिटामिनको औषधी हामीसगँ प्रायाप्त छन् तर यो बाहेक हामीसगँ रहेको अन्य औषधीहरुले बढी छैन, स्टकमा रहेको केही औषधीहरु बढी एक महिना सम्म मात्र धान्ने देखिन्छ । उनक अनुसार स्टकमा रहेको केही औषधीहरु भने एक महिना पनि चल्दैन ।

कोई टिप्पणी नहीं: