सोमवार, 23 नवंबर 2015

बसमा पेट्रोल बम, प्रहरीकै मोटरसाइकल जलाइयो (फोटोहरु)

जितेन्द्र खड्गा, राजविराज मंसिर ७ - हिजो भएको झडपमा ३ जनाको ज्यान गएपछि आजसम्म पनि सप्तरीको भारदह तनावग्रस्त छ । उग्र प्रदर्शनकारीले रात्रिबसमा पेट्रोल बम प्रहार  गरेका छन् भने मोटरसाइकल जलाइदिएका छन् ।
प्रदर्शनकारीले आज विहान प्रहरीबाट खोसेर को ३ प ३१३६ नम्बरको मोटरसाइकल जलाइदिएका हुन् ।
कर्फ्यु लगाइए पनि उल्लंघन गर्दै प्रदर्शनहरु भइरहेका छन् ।गएराति आन्दोलनकारीले पश्चिमबाट पूर्व जाँदै गरेको रात्रिबसलाई मोहनी पुलमा आगजनी प्रयास गरेका छन् । प्रदर्शनकारीले केही बसमा पेट्रोल बम प्रहार गरेका थिए ।असुरक्षाका कारण बरमझियामा चारसय गाडी रोकिएका छन् भने यात्रुहरुको विचल्ली छ ।








कोई टिप्पणी नहीं: