बुधवार, 18 नवंबर 2015

जनश्रीजना फ्रेन्ड्स युवा क्लब २५ औं स्थापना दिवस रजत जयन्ती भब्यताको साथ संपन्न !

स्याङ्जा, मंसिर २ - स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित चण्डी भंज्यांग कारिकोट गाबिस वडा नम्बर -१ घुर डाडाको आर्घाम्डी धारामा मंसिर १ गते साँझ एक रंगारंग कार्यक्रमका बीच भब्यताको साथमा श्री जनश्रीजना फ्रेन्ड्स युवा क्लबको  २५ औं स्थापना दिवस तथा रजत जयन्ती संपन्न गरिएको थियो सो अवसरमा क्लबले वडा स्तरीय भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गरि कार्तिक २९ गते देखि सुरु गरि मंसिर १ गते सम्म संचालन गरेको थियो जसमा श्री नवदुर्गा युवा क्लब लिम्घा, गुल्मी प्रथम स्थान हासिल गरि रु २०,०००/- पुरस्कार रासी सहित प्रमाण पत्र  र मेडल प्राप्त गरेको थियो त्येस्तै श्री जनज्योति युवा क्लब आलम देबी देउराली द्वितीय स्थान हासिल गरि रु १२,०००/- पुरस्कार रासी सहित मेडल प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो भने तृतीय स्थानमा श्री स्वाबलम्बी युवा क्लब लसर्घा बेसीले रु ७,०००/- पुरस्कार रासी सहित प्रमाण पत्र हात पारेको थियो

कार्यक्रममा क्लबका अधक्ष्य श्री तेज बहादुर झेंडी मगरजीले सभापतीको आसन ग्रहण गर्नु भएको थियो त्यस्तै प्रमुख अतिथीमा  संघिय गणतान्त्रिक राष्ट्रिय जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य विजय सिंग थापा बिशेष अतिथिमा तथा संघिय गणतान्त्रिक राष्ट्रिय जनमुक्ति पार्टीका स्याङ्जा जिल्ला अधक्ष्य श्री बम लामिछाने मगरजीले आसन ग्रहण गर्नु भएको थियो कार्यक्रमको उद्घाटन, शहिद लखन थापाको फोटोमा माल्यार्पण, दिप प्रजोलन साथै बिजयी टोलीहरुलाई पुरस्कार वितरण अधक्ष्य, प्रमुख अतिथि, बिशेष अतिथि ज्यू मार्फत गरिएको थियो
कायक्रमको उत्तराद्धतिर भने राष्ट्रिय गायक कलाकार साथै स्थानीय गायक अनि नृत्य कलाकारहरुले आगन्तुक दर्शक मानुभावहरुलाई भरपुर मनोरंजन गराएका थिए। 
फोटो फिचर



कोई टिप्पणी नहीं: