शुक्रवार, 30 अक्तूबर 2015

कम्युनिस्टहरुको भाषण धेरै सुनियो, अब गरेर देखाऊ !

अनिश राई वाम्बुले कार्तिक १३ - अहिलेको राजनीतिलाई कसरी विश्लेषण गर्ने ठ्याक्कै भन्न सक्ने स्थित छैन । तर पनि एउटा ध्रुवीकरण देखिएको छ । साँच्चिकै जनतालाई दल अथवा नेताले ढाँटेको छैनन्, फोहरी खेल खेलेका छैनन् भने कम्युनिस्टहरुले हामीमाझ गरेका बाचाहरु पूरा गर्ने दिन आको छ । कम्युनिस्ट पार्टी भनेको दुःखी र शोषणमा परेका मान्छेहरुको पार्टी हो भनेर हामीलाई बुझाइएको थियो । उनीहरुमा दम छ भने त्यो पूरा गरेर देखाउने बेला आको छ ।
कम्युनिस्टहरुको भाषण धेरै सुनियो, अब गरेर देखाऊ (राष्ट्रपतिदेखि सभामुखसम्म कम्युनिस्ट)
म किन यसो भनिराखेको छु भने अहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख कम्युनिस्ट हरु भएका छन् । हामीलाई बारबार ढाटिँदै आए जस्तो ‘हामी सत्तामा थिएनौं, हामीलाई काम गर्न दिइएन, हाम्रो सरकार गिराउने खेल भो’ आदि कुराबाट मुक्त भाका छन् । हेरौं, असली कम्युनिस्ट हुन् कि नक्कली ! अहिले राष्ट्रपति, उपराष्ट्रपति (चाँडै निर्वाचित हुँदैछन्), प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख कम्युनिस्टहरु भएका छन् । हामीलाई बारबार ढाटिँदै आए जस्तो ‘हामी सत्तामा थिएनौं, हामीलाई काम गर्न दिइएन, हाम्रो सरकार गिराउने खेल भो’ आदि कुराबाट मुक्त भाका छन् । हेरौं, असली कम्युनिस्ट हुन् कि नक्कली !

अब नेपालका कम्युनिस्टहरु काम र भिजनले चिनिनेछन् । अब उनीहरु पन्छिन पाउनेवाला छैनन् । जनता सामु अब उनीहरुको कुनै झुट टिक्नेवाला छैन । अब उनीहरुको गाली तथा आश्वासनको ललीपपमा जनताले विश्वास गर्ने छैनन् ।
नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले स्पष्ट काम गर्नुपर्छ- आदिवासी जनजाति, किरात, मधेस, लिम्बुवान, ताम्सालिङ, नेवाः, मगरात, कोचिला, थारुवान आदिको मुद्दा छिटो टुंगो लाउनुपर्छ र देश विकासमा जोड दिनुपर्छ । अहिले खाडी मुलुकमा सस्तो दरमा आफ्नो श्रम बेच्न बाध्य युवाहरूलाई देशमै रोजगारीको बाटो खोलिनुपर्छ ।
एउटा कुरा सरकारले के बुझ्नुपर्छ भने खाडीमा तीस हजार तलब पाइरहेकाले एक लाखको काम गरिरहेका छन् । सस्तो श्रम पाएर त्यहाँ लगिएका हुन्, कसैको पैसा बढी भएर होइन । त्यो श्रम देशमै खर्च गरेर देशलाई समृद्ध बनाउनतिर ध्यान जाओस् ।
अहिले मान्छे राजनीतिदेखि दिक्क भएर बसेको र नयाँ शक्तिको समेत बजारमा हल्ला चलिरहेको अवस्थामा सरकारले ठोस काम गरोस् । नत्र जनतालाई दुःख दिएर जनताकै सेवा गरिराछु भन्नु र आँखा बेचेर चस्मा किन्नु उस्तै हो ।

कोई टिप्पणी नहीं: