पर्बत, माघ २३ - राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोष्रो अधिवेसन पर्बतको सदरमुकाम कुस्मामा सम्पन्न भयो ।
अधिवेसनले अध्यक्षमा पुन: ईनद्र बहादुर मास्की मगरलाई निर्बाचीत गरेको छ । उपाध्यक्षद्वय तुल बहादुर सुनारी मगर,मिना थापा मगर, सचिबमा टक बहादुर बिरकट्टा, सह सचिबमा प्रज्ञा शागर शाक्य , कोषाध्यक्षमा चेत बहादुर सारू , सह कोषाध्यक्षमा बिष्णु माया थापालाई निर्बाचीत गरेको छ ।
अधिवेसनले मगरात राज्यपरिषदको सदस्यहरू प्रतेक जिल्ला भेलाबाट एक एक जना प्रतिनिधित्व हुने गरि १८ जना परिषद सदस्यहरू चयन गरेकोछ । पर्बत जिल्लाले जुझारू स्थानीय नेता शरिना पुन मगरलाई परिषद सदस्यमा पठाएको छ ।
गोरखा,तनहुँ, पाल्पा, नवलपरासीको सुस्ता पूर्ब, स्यांजा, पर्बत, बागलुंग, म्याग्दी, प्यूठान, गुल्मी, अर्गाखाँची, सल्यान, सुरखेत, रोल्पा, रूकुम, दैलेख, डोल्पा र दांग गरि मगरात राज्यमा १८ जिल्ला रहेकोछ ।
मगरातका प्रतेक जिल्ला बाट सयौको संख्यामा मगरको भेसभुषा र बाजागाजाका साथ उपस्थित भई पर्बतको सदरमुकाम कुस्मा बजारमा पाँचौहजारको संख्याले नगर परिक्रमा गरि कुस्मालाई जनमुक्तिमय बनाएका थिए ।
पार्टीका संस्थापक सदस्य एबंम अनुगमन र मुल्यांकन समितिका प्रमुख रामबहादुर तुम्बाहाम्फेले प्रमुख अतिथिको हैसियतले पानसमा दिप प्रज्वलित गरि उद्घाटन गर्नु भएको थियो ।
यो देशको माटोलाई सुहाउदो र सबै जातजातिको मुक्तिका लागी २०४७ सालमा स्थापित भएको पार्टीले बहुजातिय लोकतान्त्रिक समाजबाद, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधत्व यो पार्टीको मुलमन्तर हो । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र नयाँ संबिधानमा लेखिसकिएको र यसलाई सबै दल मिलेर कार्नवनयन गर्न पार्टीले जनदबाब दिदै आईरहेको तुम्बाहाम्फेले भेलालाइ संबोधनको करममा बताउनु भयो ।
पार्टीका केन्द्रीय नेताहरू, भातृ संस्थाका अध्यक्षहरू र बिभिन्न संघ संस्थाका प्रतिनिधि हरूले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रम मगरातका अध्यक्ष इन्द्रबहादुर मास्की मगरको अध्यक्षतामा पर्बत जिल्लाका अध्यक्ष खग माया पुन मगरको स्वागत मन्तब्य र सचिब टक बिरकट्टाको सन्चालन भएको थियो । पर्बत जिल्ला समितिका उपाध्यक्ष रूक माया पुन मगर र कोषाध्यक्ष होम माया पुन मगरले अतिथिहरूलाई ब्याज र खादा बितर्ण गर्नु भएको थियो ।
सम्मान :
मगरात राज्यपरिषदको दोष्रो अधिवेसनलाई सफल पार्न मगरातका हरेक जिल्ला र बिदेस बाट समेत सहयोग गर्ने ब्याक्त्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।
मगरात राज्यपरिषदको दोष्रो अधिवेसनलाई सफल पार्न मगरातका हरेक जिल्ला र बिदेस बाट समेत सहयोग गर्ने ब्याक्त्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा,
जनमुक्ति मन्च बेलायत बाट - ५०,०००/-
महादेब थापा - (बेलायत, Ex QGE) आबु-१,तनहुँ - २५,०००/-
शारिका मास्कीमगर (अस्टेलिया) आबु-१, तनहुँ - २५,०००/-
सचिन मास्की मगर (बेलायत)आबु-१, तनहुँ - २०,०००/-
एम.बि. थापा मगर संघीय परिषद सदस्य (हंगकंग) प्युगा, स्याँग्जा - ७०००/-
भिम बहादुर थापा मगर संघीय परिषद सदस्य (हंगकंग) पालुंगटार ठाँटी पोखरी, गोरखा - ७०००/-
गणेश जंग राना मगर (हंगकंग) पिपल डाडा पाल्पा - ७०००/- हरूलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें