गुरुवार, 9 फ़रवरी 2017

पत्रकार ढेंगाको ‘वाँच र वाँच्न देउ’ विमोचन

कमल चौधरी बुटवल माघ २७ - पत्रकार लोकनेश ढेंगा मगरको नयाँ पुस्तक ‘बाँच र वाँच्न देउ’ शुक्रबार एक कार्यक्रमका बीच बुटवलमा विमोचन भएको छ ।
Image may contain: 5 peopleविगत २५ बर्ष देखि निरन्तर रुपमा उत्पीडित आदिवासी जनजाति, महिला, मधेसी समुदायको हक अधिकारका विषयमा कलम चलाउदै आउनुभएका पत्रकार ढेंगाको चौथों पुस्तकको रुपमा ‘बाँच र वाँच्न देउ’ विमोचन भएको हो । पुस्तकलाई आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत वरामले विमोचन गर्दै यस पुस्तकले आदिवासी जनजाति समुदायको हक, अधिकार र पहिचानको मुद्दालाई बुलन्द गरेको बताउँनुभयो ।
उहाँले पुस्तकले राष्ट्रियताको लागी महात्वपूर्ण भुमिका खेलेको भन्दै सम्पूर्ण नेपालीलाई जोड्ने काम गरेको बताउनुभयो । त्यस्तै न्युनतम परिश्रमीकका केन्द्रीय सदस्य दिपक ज्ञावाली र पत्रकार गिरी श्रीसले पुस्तकको संक्षिप्त चर्चा गर्नुभएको थियो ।

फोनिज रुपन्देहीका जिल्ला अध्यक्ष मिलन गाहाको अध्यक्षता, उपाध्यक्ष राज चौधरीको स्वागत र सचिव आशिष सूर्यवंशीको संचालनमा सम्पन्न उक्त पुस्तक विमोचन कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष दल बहादुर छन्त्यल, लेखक तथा पत्रकार लोकनेश ढेंगा मगरले बोल्नु भएको थियो ।
लेखकले यस अघि ऐतिहासिक पृष्ठभुमिमा प्रथम शहीद लखन थापा मगर, नेपालमा अघोषित आरक्षण आखिर कहिले सम्म ? र नेपाली महिलाको खरिद बिक्री र वेश्यावृत्ति एक जतिल समस्या लगायत कृतिहरु प्रकाशित गरीसक्नुभएको छ ।

कोई टिप्पणी नहीं: