काठमाडौं १७, फागुन । नागरिक समाजका अगुवाहरुले संविधान संशोधन नगरी चुनावमा गए रक्तपात हुने सरकारलाई धम्की दिएका छन् । नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले संविधान संशोधन नगरी चुनावमा नजान नेताहरुलाई कडा शब्दमा चेतावनी दिएका छन् ।
डा. दीक्षितले भने,– ‘संविधान संशोधन पनि नगर्ने, चुनावमा पनि जाने भनिँदैछ । गएर हेर्नुहोस् त । गएर हेर्नुहोस् मात्रै । यो म नेताहरुलाई चेतावनी गर्छु (बी केयरफूल ! यो मुलुकलाई बचाउनु छ भने यस्तो मुख्र्याइँ चाहिँ नगर्नोस् । संविधान संशोधन नगरिकन अगाडि जानुभयो भनेदेखि खतरा छ । भयंकर खतरा छ । साहै्र ठूलो खतरा आउन सक्छ । त्यसैले खबरदार !’ मंगलबार नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा नयाँशक्ति पार्टीले आयोजना गरेको कार्यक्रममा डा. दीक्षितले संविधानलाई सर्वस्वीकार्य बनाउन र चुनाव सफल बनाउन संविधान संशोधनको विकल्प नभएको ठोकुवा गरे । कार्यक्रममा बोल्दै लिम्बुवान नेता कुमार लिङदेनले पनि त्यस्तै चेतावनी दिएका छन् । उनले भने, ‘पेल्ने त पेल्ने नै होला, तर पनि केही त हुन्छ । जति सजिलो गरी पेलेर जान खोज्दै हुनुहुन्छ, त्यति सजिलो छ जस्तो लाग्दैन ।’दीक्षित र लिम्बुलेजस्तै चेतावनी अर्का नागरिक अगुवा विजयकान्त कर्णले पनि दिए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें