सोमवार, 2 मई 2016

आगलागी पीडितलाई दुई बण्डल जस्तापाता दिने सरकारको निर्णय

Pm-office२० वैशाख, काठमाडौं । सरकारले मुलुकका विभिन्न ठाउँका आगलागीबाट पीडितलाई प्रतिघर दुई बण्डल जस्तापाता दिने निर्णय गरेको छ । गत मंसिर १ गतेयता पूर्णरुपमा घर जलेका पीडितहरुले जस्तापाता पाउने छन् । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले २६ गेजको दुई बण्डल जस्तापाता आगलागी पीडितलाई दिने निर्णय गरेको सरकारका एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । गत मंसिर एक गतेयता हालसम्म एक हजार ४ सय २ घर आगलागीबाट पूर्णरुपमा क्षति भएको सरकारको तथ्यांक छ ।
६ उपसचिव सहसचिवमा बढुवा
बैठकले छ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ । बढुवा हुने सहसचिवहरुमा गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य, नवराज ढकाल, नीता पोखरेल अर्याल, उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर छन् । यसैगरी बैठकले मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. पुकारचन्द्र श्रेष्ठलाई पुनर्नियुक्ति दिने निर्णय गरेको छ ।

कोई टिप्पणी नहीं: