रविवार, 1 मई 2016

नेपाल मगर संघको ११औ राष्ट्रिय महाअधिवेशन चितवनमा भब्यताको साथ सुरु!

चितवन बैशाख १९ - नेपाल मगर संघ केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा बैशाख १८ देखि २२ गते सम्म चितवननरायणघाटको बिरेन्द्र उच्च माबी प्रांगणमा नेपाल मगर संघको ११औं राष्ट्रिय महाअधिवेशन सुरु भएकोछ। 
महाअधिवेशनको पहिलो दिनको रेलिमा सहभागी हुनको लागि देश भरका मगरहरु चितवनको नारायणघाट्मा एकतृत भएका थिए। बैशाख महिनाको खदेरीको गर्मीमा पनि हजारौं मगरहरु चर्को घामको बेवास्ता गर्दै रेलिमा आफ्नो भेष लगाएर सहभागी भएका थिए। बृहत रेलिमा मगरहरुको मासले ३ टुक्रामा बिभाजित गरेको मगरातलाई पुनर्स्थापना गर ! मगर भाषाको शिक्षालाई उच्च शिक्षाको ग्यारेन्टी गर! मगरात आन्दोलन जारिछ! सम्पुर्ण मगरहरु एक हौ! जस्ता नाराले चितवन शहरको सडक गुन्जिएको थियो ।
सो कार्यक्रम नेपाल मगर संघका महासचिव नवीन रोका ज्यूले सन्चालन गर्नु भएको थियो । भने कार्यक्रमका अध्यक्ष पुर्ब अध्यक्ष महेन्द्र थापा मगर साथै प्रमुख अतिथिमा सभा मुख ओनसरी घर्ती मगर विशेष अतिथि मन्त्रीहरु शिवलाल थापा लगायत अन्य मन्त्री तथा सभासदहरु साथै बिदेशमा रहेका नेपाल मगर संघका भातृ संगठनका प्रतिनिधिहरु साथै देशका जिल्लाका विशिष्ट ब्याक्तित्वहरुलाइ अतिथिको आसन ग्रहण गराइएको थियो ।
कार्यक्रममा कबिराज मगरको मयुर नाच लगायत अन्य संस्कृतिक कार्यक्रमले बिच बिचमा मनोरञ्जन प्रदान गरेको थियो ।
फोटो फिचर :






कोई टिप्पणी नहीं: