४ फागुन, काठमाडौं । सरकारले मंगलबार ऐतिहासिक धरोहरहरुको पुनर्निर्माण सम्बन्धि संकल्प गर्दैछ । भूकम्पले भत्किएको धराहराको फेदबाट अपरान्ह चार बजे पुनर्निर्माण सम्बन्धि संकल्प गर्न लागिएको हो । व्यवस्थापिका संसदलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘हामीले माघ २ गतेदेखि पुनर्निर्माण महाअभियान थालिसकेका छौं र आज अपरान्ह चार बजेबाट हामी हाम्रा ऐतिहासिक धरोहर पुनर्निर्माण सम्बन्धि संकल्प धरहराको फेदबाट गर्दैछौं ।’संकल्प तथा घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सरकारका मन्त्री र विशिष्ट अतिथिहरुलाई पनि निमन्त्रणा गरिएको छ । भूकम्प पछिको पुनर्निर्माणको अभियान राष्ट्रलाई नयाँ ढंगले पुनर्निर्माण गर्ने अभियान पनि भएको प्रधानमन्त्री ओलीले बताए । उनले पुनर्निमाणको काममा बिभिन्न क्षेत्रबाट सहयोग र बचनबद्धता प्राप्त गरेको जानकारी पनि गराए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें