विराटनगर, फागुन ४ । सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं लिम्बुवान प्रदेश समितिका सहइन्चार्ज भूराज राईले प्रधानमन्त्री केपी ओलीको पहाडिया राष्ट्रवादले देशलाई निकास नदिने बताएका छन् ।
सोमबार पथरी, मोरङमा समाजवादी फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता राई ले सो कुरा बताएका हुन् । उनले भने ‘ओलीको राष्ट्रवाद पहाडिया राष्ट्रवाद हो यसबाट देश चल्दैन ।’
पहाडिया राष्ट्रवादले गर्दा मधेस आन्दोलन भएको बताउँदै नेता राईले बहुराष्ट्रिय राज्यले मात्र मुलुकको हित हुने बताए । मधेस आन्दोलनले संघीयता आएको बताउँदै नेता राईले भने ‘सङघीयताको मुद्दा काङ्ग्रेस, एमाले र एमाओवादीको हैन यो मुद्दा मधेसको हो । यो अधिकार प्राप्तिको लडाइँ हो ।’ प्रदेशको आधारमा क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिँदै उनले पञ्चायतले निर्माण गरेको जिल्लाको आधारमा क्षेत्र निर्धारण हुनै नसक्ने बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लोकसागर सम्बा, लिम्बुवान प्रदेश सदस्य प्रेम वनेम, जिल्ला अध्यक्ष राजकुमार यादबले पनि सम्बोधन गरेका थिए ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें