बुधवार, 17 फ़रवरी 2016

गैरकानुनी रूपमा सम्पत्ति कमाउने सहसचिव, विभागीय प्रमुख सहित २६ जना अख्तियारको घेरामा

५ फागुन, काठमाडौं । पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सहसचिव एवं विभागीय प्रमुखसहित २६ पदाधिकारीलाई छानविनको दायरामा ल्याएको छ । सार्वजनिक आहोदामा रहेर छानबिन सुरु गरिएकामा निजामती कर्मचारी, चिकित्सक, विभागीय प्रमुख, परिषद् सदस्इ, डिन, आयोजना प्रमुख लगायत रहेको आजको अन्नपूर्णमा समाचार छ । सम्पत्ति लुकाएको आशंका गरिएका सम्भावित बैंकमा लकर रोक्का गर्न अख्तियारले पत्र पठाएको राष्ट्र बैंक निकट स्रोतले बताएको छ । यी पदाधिकारीसहित अख्तियारले एक सय ९८ जना व्यक्तिमाथि अकुत सम्पति छानविनको कारबाही तीव्र पारेको छ । अख्तियारबाट पछिल्लोपटक अकुत सम्पत्ति छानबिन कारबाही अघि बढाइएका पदाधिकारीमा भूमिसुधार मन्त्रालयका सहसचिव रोहितकुमार भट्टराई, वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डित, नेपाल मेडिकल काउन्सिलका सदस्य डा.अन्जनी कुमार झा, शिवजी पौडेल, एई अन्सारी, निरज पन्त, रोशन पिया र कुलदीप गोइत छन् । यस्तै नेपाल आयल निगमका निर्देशक नागेन्द्र शाह र वितरण विभाग प्रमुख सुशील भट्टराई सम्पत्ति छानविनको दायरामा तानिएका छन् । 

कोई टिप्पणी नहीं: