लण्डन, ५ फाल्गुन । लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजन गोर्खा च्यानलले ‘नमस्ते युरोप दम्पत्ति’को सयौं भाग प्रसारणको उत्सव मनाएको छ । लण्डनका निमित्त कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथि रहेको सो उक्त उत्सवमा दम्पतिहरु एकआपसका लागि समय अभावमा पनि प्रेम व्यक्त होस् भन्ने उद्देश्यले सुरु गरिएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।
नेपाली टेलिभिज़न गोर्खा च्यानलले सन् २०१३ सेप्टेम्बरदेखि प्रसारण गर्दै आएको दम्पत्ति कार्यक्रमले उत्कृष्ट दम्पतिको रुपमा चौथो श्रृङ्खलामा कुराकानी गरिएका दम्पति डा. शेष धले र श्रीमती जमुना धलेलाई सम्मान गरेको छ । उत्कृष्ट दम्पतिको अवार्डसँगै लक्की ज्वेलर्सका तर्फबाट प्रणय दिवसको उपलक्ष्यमा डेढ तोलाको पिरतीको “औंठी” उपहार प्रदान गरिएको थियो । कार्यक्रममा “दम्पति अफ दि नाइट” मा नरेन्द्र तामाङ र अन्जना गुरुङको जोडी चुनिएका थिए र उनीहरुलाई इटलीको भेनिस ट्राभल कन्सोलले आवतजावतको हवाई टिकट उपहार दिएको छ ।
उत्कृष्ट फेसन डिज़ाइनर चांद लामा र जाङमु शेर्पालाई लण्डनस्थित फेसन हाउसका तर्फबाट आकर्षक पुरस्कार हयाम्पर प्रदान गरिएको थियो । सयौं श्रृङ्खलामध्ये सवैभन्दा बढी युटयुबमा हेरिएको जोडी विजय घिमीरे र प्रीति थापा घिमिरेले युटयुब अवार्ड प्राप्त गरेका थिए भने एभरेष्ट इनको तर्फबाट गिफ्ट हाम्पर हात पारेका छन् ।उक्त विशेष कार्यक्रममा बेलातयका मिडिया संसारमा आर्थिक र भौतिक रुपमा महत्वपूर्ण योगदान दिनुहुने वालजंग अर्याललाई “मेन अफ् द मिडिया” अवार्डबाट सम्मान गरिएको छ । पहिलो नेपाली तारा दीपक लिम्बूलाई समेत सम्मान गरिएको कार्यक्रममा दम्पत्तिको सुरुवाती दिनको बारेमा बोल्दै च्यानल पत्रकार (चरि चुच्चे च) राजेन्द्र भटले सवैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रस्तोता विमला सेनेले आफनो अनुभव सुनाउँदै विशेष अतिथिको रुपमा एनआरएन आइसीसी युरोप संयोजक कुल आचार्य, एनआरएन आइसीसी सल्लाहकार डमर धले, एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङलाई विशेष सम्मानका साथ स्वागत गरेकी थिइन् । निसा गुरुङले संयोजन गरेको कार्यक्रममा सहभागी दम्पत्तीहरुले आकर्षक फेसन सो समेत प्रस्तुत गरेका थिए ।
सो फेसन सोलाई लण्डन फेसन हाउसकी निर्देशक मनिषा डङोलले संयोजन गरेकी थिइन् । कार्यक्रममा सुरभी व्युटी पार्लर, गोल्नसिन रेष्टुरेन्ट, हिमालयन स्पाइस रेष्टुरेन्ट, नमस्ते एक्सप्रेस सुपरमार्केट, निरमाया रोधीघर लगायतले प्रायोजन गरिएको उपहारहरुलाई रयाफल ड्रमार्फत् सहभागी दम्पत्तिहरुलाई हस्तान्तरण गरिएको थियो । सभामा उपस्थित दम्पत्तिहरुलाई मनोरन्जन प्रदान गर्न पहिलो नेपाली तारा दीपक लिम्बूले प्रेमगीतहरु प्रस्तुत गरेका थिए भने सपनकुमार राई, सर्मिला बर्देवा र सितु खरेलले कर्णप्रिय गीतहरु पस्किएको कार्यक्रमलाई श्रद्धा गुरुङले संचालन गरेकी थिइन् ।
नेपाली टेलिभिज़न गोर्खा च्यानलले सन् २०१३ सेप्टेम्बरदेखि प्रसारण गर्दै आएको दम्पत्ति कार्यक्रमले उत्कृष्ट दम्पतिको रुपमा चौथो श्रृङ्खलामा कुराकानी गरिएका दम्पति डा. शेष धले र श्रीमती जमुना धलेलाई सम्मान गरेको छ । उत्कृष्ट दम्पतिको अवार्डसँगै लक्की ज्वेलर्सका तर्फबाट प्रणय दिवसको उपलक्ष्यमा डेढ तोलाको पिरतीको “औंठी” उपहार प्रदान गरिएको थियो । कार्यक्रममा “दम्पति अफ दि नाइट” मा नरेन्द्र तामाङ र अन्जना गुरुङको जोडी चुनिएका थिए र उनीहरुलाई इटलीको भेनिस ट्राभल कन्सोलले आवतजावतको हवाई टिकट उपहार दिएको छ ।उत्कृष्ट फेसन डिज़ाइनर चांद लामा र जाङमु शेर्पालाई लण्डनस्थित फेसन हाउसका तर्फबाट आकर्षक पुरस्कार हयाम्पर प्रदान गरिएको थियो । सयौं श्रृङ्खलामध्ये सवैभन्दा बढी युटयुबमा हेरिएको जोडी विजय घिमीरे र प्रीति थापा घिमिरेले युटयुब अवार्ड प्राप्त गरेका थिए भने एभरेष्ट इनको तर्फबाट गिफ्ट हाम्पर हात पारेका छन् ।उक्त विशेष कार्यक्रममा बेलातयका मिडिया संसारमा आर्थिक र भौतिक रुपमा महत्वपूर्ण योगदान दिनुहुने वालजंग अर्याललाई “मेन अफ् द मिडिया” अवार्डबाट सम्मान गरिएको छ । पहिलो नेपाली तारा दीपक लिम्बूलाई समेत सम्मान गरिएको कार्यक्रममा दम्पत्तिको सुरुवाती दिनको बारेमा बोल्दै च्यानल पत्रकार (चरि चुच्चे च) राजेन्द्र भटले सवैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रस्तोता विमला सेनेले आफनो अनुभव सुनाउँदै विशेष अतिथिको रुपमा एनआरएन आइसीसी युरोप संयोजक कुल आचार्य, एनआरएन आइसीसी सल्लाहकार डमर धले, एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङलाई विशेष सम्मानका साथ स्वागत गरेकी थिइन् । निसा गुरुङले संयोजन गरेको कार्यक्रममा सहभागी दम्पत्तीहरुले आकर्षक फेसन सो समेत प्रस्तुत गरेका थिए ।
सो फेसन सोलाई लण्डन फेसन हाउसकी निर्देशक मनिषा डङोलले संयोजन गरेकी थिइन् । कार्यक्रममा सुरभी व्युटी पार्लर, गोल्नसिन रेष्टुरेन्ट, हिमालयन स्पाइस रेष्टुरेन्ट, नमस्ते एक्सप्रेस सुपरमार्केट, निरमाया रोधीघर लगायतले प्रायोजन गरिएको उपहारहरुलाई रयाफल ड्रमार्फत् सहभागी दम्पत्तिहरुलाई हस्तान्तरण गरिएको थियो । सभामा उपस्थित दम्पत्तिहरुलाई मनोरन्जन प्रदान गर्न पहिलो नेपाली तारा दीपक लिम्बूले प्रेमगीतहरु प्रस्तुत गरेका थिए भने सपनकुमार राई, सर्मिला बर्देवा र सितु खरेलले कर्णप्रिय गीतहरु पस्किएको कार्यक्रमलाई श्रद्धा गुरुङले संचालन गरेकी थिइन् ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें