सोमवार, 4 जनवरी 2016

आवाज उठेको दशकौ पछी रिडी बगरको होटल तथा बस्तीहरु हट्यो।

रूरू नेटवर्क रिडी,पौष २०। अबैधानिक तथा अब्यबस्थित रुपमा रहदै आएको रिडी बगरको छप्पडमा रहेको होटलहरु तथा बस्तीहरु अन्तत हटेको छ्। दशकौ अघी देखी छप्पडमा रहेको होटलहरु हटाउनका लागि आवाजहरु उठे पनि राजनैतीक तथा बिबिध कारणले स्थानिय निकायले आलटाल गर्दै आएको थियो। तर यस पल्ट भने जिल्ला तह बाट नै दवाब आए पछी ति होटलहरु पूर्ण रुपमा हेटका छन। मदिरा तथा मासु बिक्री निशेधित क्षेत्र घोषणा गरीएको ऋशीकेश परीसर र कालीगन्डकी किनारामा रहेका ति होटलहरुमा रक्सी तथा मासु लगायतका बस्तुहरु बिक्री बितरण गरिदै आएको ब्यापक गुनासो र सार्वजनिक बगरमा बस्ती बसाउन नपाईने प्राबधानहरु बिपरित रहेका कारण ति होटल तथा बस्तीहरु हटाउन आवाज उठ्दै आएको थियो।

तस्बिरमा बस्ती हटाइए पछीको बगर:

कोई टिप्पणी नहीं: