१६ माघ, काठमाडौं । सर्वसाधारणले पेट्रोलियम पदार्थ नपाई हाहाकार भइरहेकाबेला नेपाल आयल निगमका कर्मचारीहरुले १ अर्ब ७६ करोड ४७ हजार ७सय ५७ रुपैयाँ ८ पैसा बोनस पाउन माग गर्दै सर्बोच्च अदालत गुहारेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयले कर्मचारीहरुलाई बोनस नबाँड्न पहिले नै पत्राचार गरिसकेको भए पनि निगमका कर्मचारीहरु ठूलो रकम बोनस दाबी गर्दै शुक्रबार अदालत पुगेका नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
निगम अन्तर्गतको कर्मचारी संघका उपाध्यक्ष चन्द्रप्रसाद निरौला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव गोपालचन्द्र राई, नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका महासचिव सन्दीप बराल तथा कर्मचारीहरु छविलाल अगस्ती, श्यामकृष्ण महर्जन, विकास बखती र देवेन्द्रप्रसाद ओझाले सर्वसाधारणले ग्यास, पेट्रोल, डिजललगायतका पदाथ पाउन सास्ती भइरहेका बेला बोनस रकम पाउन सर्बोच्च अदालत गुहारेका हुन् । ति कर्मचारीहरुले आर्थिक बर्ष २०७१/७२ मा पाउनुपर्ने ९० करोड २५ लाख २८ हजार २ सय ७० रुपैयाँ २० पैसा बोनसबापत पाउनुपर्ने भनी सर्बोच्च अदालतलाई उल्लेख गरेका छन् । यसैगरी सोभन्दा अघिको आर्थिक वर्षमा पाउनुपर्ने १७ करोड ३५ लाख १९ हजार ४ सय ८७ रुपैयाँ ८ पैसा पनि आफूहरुले पाउनुपर्ने भनी सर्बोच्च अदालतलाई गुहारेका छन् ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें