यस भर्मी बुटवल, माघ १६ । संघीय गणतान्त्रिक जनमुक्ति पार्टी नवलपरासीले संविधानको विषयलाई लिएर गाउँ–गाउँमा भण्डाफोर तथा खबरदारी अभियान चलाउने भएको छ । माघ १५ गते शुक्रबार नवलपरासी बर्दघाटमा बसेको अगुवा कार्यकर्ताहरुको जिल्ला बैठकले यही माघ २८ गते सुनवल देखी परासीसम्म भण्डाफोर तथा खबरदारी अभियान अन्तर्गत पैदल मार्च गर्ने बैठकले निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव केशब सुर्यबंशी मगरले पार्टीको अबस्था , कार्यनीति , संविधानको विषय, भण्डाफोर तथा खबरदारी अभियानबारे प्रशिक्षण दिनुभयो साथै संघीय परिषद् सदस्य हरीदेव थापा , नरसिङ्ग थारु , संघीय सभा अध्यक्ष मण्डल सदस्य देव बहादुर गुरुङ्ग , जिल्ला ईन्चार्ज लुम बहादुर खाम्चा मगर , मगरात उपाध्यक्ष नर बहादुर ठाडा लगायतले बैठकलाई सम्बोधन गर्नुभएको थियो । बैठक जिल्ला अध्यक्ष तिल बहादुर झँेडीको अध्यक्षता तथा सचिव जगतकाजी गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें