रविवार, 10 जनवरी 2016

नेपाल मगर महिला संघ बुटवलको भब्य फुड फेस्टिबल

बुटवल पुस २६ - मगरहरुको महान पर्व माघे संक्रान्तिको पुर्व संध्यामा नेपाल मगर महिला संघ बुटवलले हिजो पुस २५ गते शनिबारको दिन बुटवलको हिलपार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि फुड फेस्टिबल २०७२ मनाएको थियो कार्यक्रमा प्रमुख अतिथि बसन्त घर्ति मगर साथै मगर महिला संघ बुटवलकी अध्यक्ष ओमी पुन लगायत अन्य अतिथिहरु द्वारा नेपालका प्रथम सहिद लखन थापाको तस्बिरमा माल्यार्पण, बत्ती जलाई, बुटवलका अनाथ आश्रममा रहेका अपांग, असाहय बालबालिकाहरुलाइ विभिन्न परिपकार खुलाई कार्यक्रमको उदघाटन गरिएको थियो

कार्यक्रममा बोल्दै सभाका प्रमुख अतिथि बसन्त घर्ति मगरजीले देशको असहज परिस्थितिमा सरकार  गैर जिम्मेवार रहेको औल्याउनु भएको थियो। देशमा भएका बिभिन्न भाषा, संस्कृति, धर्म, जातिलाई मिलाएर राख्न नसक्नु  समान पहिचान  दिन नसक्नु, भूकम्प पिडितहरुलाइ राहत दिनुको साटो पूर्व प्रधान मन्त्रि, राष्ट्रपतिहरुलाई ऐस आरामको सुबिधा दिनु। सरकार टिकाउन धेरै मन्त्रि बनाउनु। आन्दोलनकारिको मागलाई बेवास्ता गर्नु सरकारको कमजोरी भएको बताउनु भएको थियो।  
कार्यक्रममा अतिथिहरुको शुभ कामना मन्तब्य पछी रमाइलो सांगीतिक कार्यक्रम भएको थियो। जसमा राष्ट्रिय कलाकार रुपा जी एम, दीपक गरौजा लगायत , तेस्रो लिंगी बबिता शाही, अमन्तिकाको बेली डान्स   साथै बीएन 13 बुटवलका कलाकारहरुको हिपाप डान्स र अन्य कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए


    

कोई टिप्पणी नहीं: