२७ पुस, विराटनगर । उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले झापा, मोरङ र सुनसरीलाई कुनै पनि हालतमा टुक्रिन नदिने बताएका छन् । उनले एक नम्बर प्रदेशको राजधानी विराटनगर नै हुने दाबीसमेत गरे । ‘सप्तरी, सिराहा र सर्लाही जिल्लाका जनताहरु बरु विराटनगरलाई राजधानी स्वीकार गरेर आउन सक्छन् तर, झापा, मोरङ र सुनसरी कुनै पनि हालतमा टुक्रिँदैनन्,’ सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै गच्छदारले भने ।
झापा, मोरङ र सुनसरी टुक्राउने कुरा अतिवादी सोच भएको उनले बताए । फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदारले सप्तरी जिल्लाका ९९ प्रतिशत जनता विराटनगरलाई राजधानी मान्न तयार रहेको दाबीसमेत गरे । विराटनगर ऐतिहासिक र भौतिक पूर्वाधारले सम्पन्न भएको ठाउँ भएकाले पनि राजधानीका लागि उपयुक्त हुने उनले तर्क गरे । जनकपुरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने चर्चा चले पनि त्यसलाई कुनै पनि हालतमा नस्वीकार्ने गच्छदारले बताए । ‘२ नम्बरको प्रदेश राजधानी जनकपुर भएपनि, १ नम्बर प्रदेशको राजधानी विराटनगर नै हुन्छ,’ उनले भने । तराई मधेसमा तीन प्रदेश हुने गरी ८ प्रदेश बनाउनुपर्ने पक्षमा फोरम लोकतान्त्रिक रहे पनि आन्दोलनरत मधेसी मोर्चा र ठूला दलबीच सहमति भए तराई मधेसमा दुई प्रदेशसहित अहिलेकै ७ प्रदेशलाई स्वीकार्न आफ्नो पार्टी तयार रहेको उनले स्पष्ट पारे ।
प्रदेश सीमांकनको टुंगो लगाउन आयोग गठन जरुरी नभएको धारणासमेत उनले राखे । ‘यो राजनीतिक समस्या भएकाले राजनीतिक रुपमै समाधान गर्नुपर्छ, सीमांकन गर्न कुनै आयोगको आवश्यक छैन,’ गच्छदारले भने । उनले नाकाबन्दीले हिमाल, पहाड र तराई सबै क्षेत्रका जनता मर्कामा परेकाले सबै दलहरु मिलेर छिटो समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
झापा, मोरङ र सुनसरी टुक्राउने कुरा अतिवादी सोच भएको उनले बताए । फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदारले सप्तरी जिल्लाका ९९ प्रतिशत जनता विराटनगरलाई राजधानी मान्न तयार रहेको दाबीसमेत गरे । विराटनगर ऐतिहासिक र भौतिक पूर्वाधारले सम्पन्न भएको ठाउँ भएकाले पनि राजधानीका लागि उपयुक्त हुने उनले तर्क गरे । जनकपुरलाई एक नम्बर प्रदेशको राजधानी बनाउने चर्चा चले पनि त्यसलाई कुनै पनि हालतमा नस्वीकार्ने गच्छदारले बताए । ‘२ नम्बरको प्रदेश राजधानी जनकपुर भएपनि, १ नम्बर प्रदेशको राजधानी विराटनगर नै हुन्छ,’ उनले भने । तराई मधेसमा तीन प्रदेश हुने गरी ८ प्रदेश बनाउनुपर्ने पक्षमा फोरम लोकतान्त्रिक रहे पनि आन्दोलनरत मधेसी मोर्चा र ठूला दलबीच सहमति भए तराई मधेसमा दुई प्रदेशसहित अहिलेकै ७ प्रदेशलाई स्वीकार्न आफ्नो पार्टी तयार रहेको उनले स्पष्ट पारे ।प्रदेश सीमांकनको टुंगो लगाउन आयोग गठन जरुरी नभएको धारणासमेत उनले राखे । ‘यो राजनीतिक समस्या भएकाले राजनीतिक रुपमै समाधान गर्नुपर्छ, सीमांकन गर्न कुनै आयोगको आवश्यक छैन,’ गच्छदारले भने । उनले नाकाबन्दीले हिमाल, पहाड र तराई सबै क्षेत्रका जनता मर्कामा परेकाले सबै दलहरु मिलेर छिटो समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें