पुस २९ - चराको आची माथिबाट खसेर शरीरमा लाग्यो भने नेपालीहरु अशुभ मान्छन् । तर, भारत लगायतका विभिन्न देशमा यसलाई शुभ मानिन्छ । अनि, मान्छेको आची खस्यो भने शुभ हुन्छ कि अशुभ ? यसको परिकल्पना भने कतै पनि गरिएको छैन । किनभने मानव मल आकाशबाट खस्दैन । तर, भारतमा हालै एक महिला आकाशबाट खसेको मानव मलको ढिक्को लागेर ढलिन् । यस्तो कसरी भयो त ? एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार मध्य प्रदेशको राजरानी गौडमा माथिबाट ठूलो वरफको टुक्राजत्रो ढिक्का खस्यो र ती महिलाको काँधमा लाग्यो । यद्यपि, यो वरफको टुक्रा नभएर अर्थोकै थियो । विमान विशेषज्ञ यसलाई ब्लू आइस अर्थात निलो बरफ भन्छन् । आकाशबाट सिधै खसेको भए ती महिलाको ज्यान पनि जान सक्थ्यो । तर, पहिले एउटा घरको छानोमा र त्यहाँबाट गुड्केर महिलाको शरीरमा खसेको थियो । घाइते महिला अहिले अस्पतालमा उपचार गराइरहेकी छिन् ।
के हो त नीलो वरफ ?
यो निलो बरफ बास्तवमा मानव मल हो, जुन कहिलेकाहीँ हवाइ जहाजको शौचालयबाट खस्छ । यो निलो यस कारण हुन्छ कि हवाइजहाजको शौचालयमा गन्ध नआओस् भनेर रसायन मिलाइएको हुन्छ । बीबीसीका अनुसार मानव मल उडिरहेको विमानबाट खस्नु नियमित घटना होइन । तर, असम्भव पनि छैन । यस्ता घटना बेला-बेला सार्वजनिक हुने गरेका छन् । हवाइ जहाजको शौचालयमा यात्रुले गरेको दिसापिसाब विशेष रुपमा बनेको ट्यांकीमा जम्मा हुन्छ । जहाज ल्याण्ड गरेपछि यो ट्यांकीबाट निकालिन्छ । तर, अन्तराष्ट्रिय विमान प्राधिकरणसँग आवद्ध मानिसहरु भन्छन् कि कहिलेकाहीँ वीच उडानमा नै शौचालयबाट उछिट्टिएर मानव मल खस्न पुग्छन् । बेलायतको नागरिक विमान प्राधिकणरको अनुसार बेलायतका आकासमा करिव २५ लाख जहाज उड्दा लगभग २५ पटक निलो वरफ खस्ने घटना हुन्छन् । बेलायतको विल्टसरका किथ र रुथ मीढको घरमाथि यस्तै बरफको डल्ला खसेको थियो । अमेरिकाको पेन्सिलभेनियाकी १६ वर्षकी किशोरीको त पार्टी नै विथोलियो । गत वर्ष मेमा उनी घरमा पार्टीमा रमाइरहेकी थिइन्, आकासबाट दिसाको डल्लो खस्यो । अमेरिकी केन्द्रीय विमान प्राधिकरणमा पनि यस्ता उजुरीहरु परेका छन् । गत वर्ष न्यूजिल्याण्डको हेराल्डले पनि अकल्याण्डमा एक व्यक्तिले उजुरी गरेका थिए कि उनीमाथि आकासबाट केही खस्यो । उनलाई लाग्छ कि यो मानव मल हो ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें