२६ पुस, काठमाडौं । महाधिवेशन आउन ५५ दिन बाँकी हुँदासमेत क्रियाशील सदस्यताको विवाद नटुंगिँदा कांग्रेसमा महाधिवेशन नै प्रभावित हुने आशंका गर्न थालिएको छ । महाधिवेशन प्रभावित गर्न सभापति सुशील कोइरालाले सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाउन आलटाल गरेको देउवा पक्षको आरोप छ ।
संस्थापनले पेल्न खोजे देउवा पक्षले भन्डारफोर गर्ने
फरक मतसहितको प्रतिवेदनलाई कसरी लिने भन्ने विषयमा पनि विवाद देखिएको छ । संस्थापन पक्ष कार्यसमितिमा रहेको बहुमतको बलमा पेलेर एकलौटी रूपमा प्रतिवेदन उल्ट्याउने तयारीमा लागेको आरोप देउवा पक्षले लगाएको नयाँ पत्रिकामा खबर छ ।यता, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले प्रतिवेदनलाई विवादित बनाउन देउवा पक्ष नै लागेको आरोप लगाए । ‘तीनजनाको समितिमा विवाद भएपछि त्यसलाई सभापति र महामन्त्रीको जिम्मामा दिइएको छ,’ बडूले भने, ‘निर्विवाद हुँदासम्म संयोजकलाई अन्तिम निर्णयको अधिकार हो, तर विवादित अवस्थामा उहाँहरूले नै पुर्याइदिनुभयो ।’
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें