१२ पुस, मोरङ । सदभावना अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगर भन्सार नाकामा आक्रमण भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले आइतबार मोरङको रंगेलीमा यात्रु बाहक बस तोडफोड गरेका छन् । उनीहरुले बजारसमेत बन्द गराउने प्रयास गरेका छन् ।
विराटनगर जोगवनी भन्सार नाकामा धर्नामा बसेका नेपाल सदभावना पार्टीका अध्यक्ष महतोमाथी प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा बजार बन्द गर्न आह्वान गर्दै हिँडेका मोर्चाका कार्यकर्ताहरुले रंंगेलीको मधुमनी नजिक को १ ख १८८० नम्बरको बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार विहानैदेखि विराटनगरमा प्रदर्शन गरिरहेका छन् । मोर्चाका कार्यकर्ता आज विहानैदेखि बजार बन्द गराउँदै हिँडेपनि सुरक्षाकर्मीले त्यसलाई विफल तुल्याएको छ । बजार क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरी बन्द गराउने कार्यलाई असफल बनाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले वताए ।
मोर्चाका कार्यकर्ताले विराटनगरको महाविर रोड, रोडशेष चोक, मेन रोड, रंगेली रोड, गुद्री लगायतका स्थानमा प्रदर्शन गर्दै बजार बन्द गराउने प्रयास गरिरहेका छन् । मोर्चाकै एक घटक संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेका कारण त्यसको विरोधमा प्रदर्शन र बजार बन्द गरिएको बताए । यता विराटनगरको रानी भन्सार नाका भने अहिले सामान्य अवस्थामा नै रहेको प्रहरीको भनाइ छ ।
विराटनगर जोगवनी भन्सार नाकामा धर्नामा बसेका नेपाल सदभावना पार्टीका अध्यक्ष महतोमाथी प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा बजार बन्द गर्न आह्वान गर्दै हिँडेका मोर्चाका कार्यकर्ताहरुले रंंगेलीको मधुमनी नजिक को १ ख १८८० नम्बरको बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार विहानैदेखि विराटनगरमा प्रदर्शन गरिरहेका छन् । मोर्चाका कार्यकर्ता आज विहानैदेखि बजार बन्द गराउँदै हिँडेपनि सुरक्षाकर्मीले त्यसलाई विफल तुल्याएको छ । बजार क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरी बन्द गराउने कार्यलाई असफल बनाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले वताए ।मोर्चाका कार्यकर्ताले विराटनगरको महाविर रोड, रोडशेष चोक, मेन रोड, रंगेली रोड, गुद्री लगायतका स्थानमा प्रदर्शन गर्दै बजार बन्द गराउने प्रयास गरिरहेका छन् । मोर्चाकै एक घटक संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेका कारण त्यसको विरोधमा प्रदर्शन र बजार बन्द गरिएको बताए । यता विराटनगरको रानी भन्सार नाका भने अहिले सामान्य अवस्थामा नै रहेको प्रहरीको भनाइ छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें