१२ पुस, काठमाडौं । संविधान संशोधन विधेयकमाथि आजबाट व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल हुने भएको छ । सभामुख ओनसरी घर्तीले प्रमुख दलका सचेतकहरुसँग गरेको छलफलमा संशोधन प्रक्रिया नरोक्ने समझदारी भएको छ । लगतै संसदको आजको बैठकको कार्यसूची आएको छ । जसको छैटौं नम्बरमा संविधान संशोधन विधेयक प्रस्तावमाथि विचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गर्ने उल्लेख छ । यसअघि अघि कांग्रेस र एमाओवादीसँग भएको छलफलमा मधेसी मोर्चाले संशोधन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें