शनिवार, 26 दिसंबर 2015

ओली सरकार मुलुकका लागि भार बन्यो, अब ढाल्नुपर्छः किराती

११ पुस, काठमाडौं । सत्तारुढ एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकका लागि भार बनेको बताएका छन् । उनले एक सय दिन पुगे पछि सरकार ढाल्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेता किरातीले भने-‘एक सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नुपर्छ ।
 यो मुलुकको लागि बोझ भइसकेको छ ।’ पार्टी केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट फिर्ता हुनु पर्ने प्रस्ताव राखेको भन्दै उनले त्यतीबेला नै अध्यक्ष प्रचण्डले कम्तिमा एक सय दिन पर्खिनुस् भनेर भनेको स्मरण गरे । कालाबजारी, महंगी, अभाव बढिरहेको, थारुवान र मधेस जलिरहेको बेला सरकार विस्तार गर्नु राष्ट्रिय बेइज्जती भएको उनको तर्क छ । उनले भने-म यसको विरोध गर्छु, सबैले यसको विरोध गर्नुपर्छ ।’ उनले अघि भने-‘प्रधानमन्त्री केपी शर्मा ओली पनि पहिला आकासको तारो झार्छु भन्थे तर, सकेनन ।’ मधेसीले राखेको बहुराष्ट्रिय राज्यको मागप्रति समर्थन जनाउँदै किरातीले त्यो नगरे मधेस विभाजन हुने चेतावनी दिए ।  

कोई टिप्पणी नहीं: