शनिवार, 26 दिसंबर 2015

इलामको सुन्तला किन्न भारतीयको ताँती

११ पुस, इलाम । इलामको सलकपुरमा हरेक आइतबार भारतीय नागरिक पाकेर पहेंलै भएको सुन्तला बगान हेर्न र फल खान आउने गरेका छने । भारतीयको ताँतीले सलकपुरबासीलाई सुन्तला कसरी बेच्ने भन्ने चिन्ताबाट मुक्त गरिदिएको छ । एकैदिन किसानको सयौं क्विन्टल सुन्तला बिक्ने गरेको अन्नपूर्ण पोस्टमा खबर छ । मेची नदीको बगरदेखि भारतीय पर्यटकको ताँती देखिन्छ । मेची नदीको बगरदेखि सलकपुरको सुन्तला बगानसम्म पुग्न करिब ६ किलोमिटर उकालो बाटो छ । उकालोको वास्तै नगरी भारतीय नागरिक सकलपुर आउँछन । सुन्तला किन्न सिलिगुढीनजिकको खप्रेलबाट आउँदै गरेकी सुसेना उराउले भनिन् ‘हरेक आइतबार सुन्तला खान आउनेको यस्तै लामो ताँती लाग्छ । यहाँको जस्तो सुन्तला अरुतिर पाइन्न ।’  

कोई टिप्पणी नहीं: