बुधवार, 9 दिसंबर 2015

माल्मोविरुद्ध गोलको वर्षा, रोनाल्डो एक्लैले गरे चार गोल

२३ मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले माल्मोविरुद्ध चार गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा अहिलेसम्मकै फराकिलो जित हात परेको छ ।
Ronaldoमंगलबार राति भएको एकपक्षीय खेलमा रियल मडि्रडले गोलको वर्षा गर्‍यो र माल्मोलाई ८-० ले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले हृयाट्रिक गरे । खेलमा रियल मडि्रडले १२ औं मिनेटमा बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । २४ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे । ३९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई ३-० को अग्रता दिलाएका छन् । दोस्रो हाफको ४७ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले ५० औं मिनेटमा हृयाट्रिक पुरा गरे ।
५८ औं मिनेटमा रोनाल्डोले चौथो गोल गरे । यससँगै च्याम्पियन्स लिगको समूह चरणमा रोनाल्डोको गोल ११ पुगेको छ र समूह चरणमा दोहोरो अंकको गोल गर्ने पहिलो खेलाडी बनेका छन् । खेलको ७० को मिनेटमा कोभाकिकले गोल गरे भने ७४ औं मिनेटमा बेन्जिमाले हृयाट्रिक पुरा गरे । जितसँगै रियल मड्रिड समूह एको विजेता बनेको छ भने पेरिस सेन्ज जर्मेन उपविजेता बनेको छ ।

कोई टिप्पणी नहीं: