शुक्रवार, 11 दिसंबर 2015

धान फल्ने खेतमा प्लटिङ गर्न रोक

२५ मंसिर, सुर्खेत । सहरीकरणसँगै खेतीयोग्य जमिनमा धमाधम प्लटिङ र घर निर्माण हुन थालेपछि स्थानीयले यसलाई रोक्न माग गरेका छन् । पछिल्लो समय जनसंख्या बढ्दै गएको र खेतीयोग्य जमिन घट्दै जाँदा खाद्यान्न संकट देखिन थालेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । खेतीयोग्य जमिनमा भइरहेको प्लटिङ र घर निर्माणको काम तत्काल रोक्नुपर्ने भन्दै स्थानीयले अब पनि यस्तै अवस्था रहे केही वर्षमा सुर्खेत उपत्यकामा रहेको खेतीयोग्य जमिन नरहने बताएको अन्नपूर्ण पोस्टमा खबर छ । वीरेन्द्रनगरमा पछिल्लो सयम खेतीयोग्य जमिन आफूखुसी प्लटिङ गर्नेक्रम बढेपछि स्थानीय बासिन्दाले भूउपयोग नीति तत्काल कार्यान्वयन गर्नसमेत माग गरेका छन् । 

कोई टिप्पणी नहीं: