शुक्रवार, 18 दिसंबर 2015

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो !

३ पुस, काठमाडौं । भूकम्प र नाकाबन्दीका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छ । ०७१ कात्तिक मसान्तको तुलनामा ०७२ कात्तिक मसान्तमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या २० प्रतिशतले घटेको बैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्म १ लाख ३६ हजार ५ सय ७६ जना नेपाली कामदारहरु वैदेशिक रोजगारीमा गएका छन् । यस अवधिमा भदौ महिनामा सबैभन्दा बढी विदेशिएको विभागले जनाएको छ ।
Baidesik-Rojgari-Manpawarभदौ महिनामा ४० हजार २ सय ७५ जना विदेशिएका छन् । त्यस्तै, साउन महिनामा ३७ हजार ७ सय ५६ जना विदेशिएका छन् । त्यसैगरी, असोजमा ३५ हजार ४ सय ८४ जना विदेशिएका छन् भने कात्तिक महिनामा सबैभन्दा कम अर्थात २३ हजार ६१ जना विदेशिएको विभागले जनाएको छ । नाकाबन्दीको प्रभावसँगै सरकारले फ्री भिसा- फ्री टिकट कार्यान्वयनमा कडाइ गरेसँगै विदेशिनेहरुको संख्या घटेको हो । गत वर्षको साउन महिनामा ४२ हजार ३ सय ९, भदौ महिनामा ५१ हजार ५ सय ५१, असोजमा ३५ हजार ५ सय ५० र कात्तिकमा ४३ हजार २ सय १३ जना विदेशिएका थिए ।  

कोई टिप्पणी नहीं: