सोमवार, 14 दिसंबर 2015

मधेसमा जारी दमनविरुद्ध अमेरिकामा प्रदर्शन


न्युयोर्क, मंसिर २८ । नेपालमा मधेसी समुदायमाथि भइरहेको हिंसात्मक दमन र मानवअधिकार हननको विरोधमा अमेरिकाका राजधानी न्युयोर्कमा प्रदर्शन गरिएको छ ।
अमेरिकामा बस्ने मधेसी नेपाली र मधेसी मुद्दाप्रति समर्थन गर्नेहरुले नेपालमा जारी मानवअधिकार हननविरुद्ध हिजो साइकल र्‍याली र धर्ना कार्यक्रम गरेका हुन् । ‘मधेसी नेपालीको हत्या बन्द गर’ भन्ने नाराका साथ गरिएको साइकल र्‍याली र धर्नाका कार्यक्रमबाट नेपालमा मधेसी जनताविरुद्ध भइरहेको हिंसा र मानवअधिकार हननबारे सुरक्षा परिषदको ध्यानाकर्षण गर्न खोजिएको आयोजक ‘एसोसिएन अफ नेपाली तराइएन इन अमेरिका : एएनटिए’ले जनाएको छ ।

कोई टिप्पणी नहीं: