सोमवार, 14 दिसंबर 2015

नेपाल भन्ने देश सरकारबिना पनि चल्ने रहेछ ?

हिजो र आज दुई दिनको मात्र कुरा सुनेर :
१) माओवादीहरूमा परिवार, छोराछोरी, नातिनातिनीबाहेक “समाज” “मुलुक” “आर्थिक प्रणाली”, “राजनीतिक प्रणाली” “कूटनीति” “विदेशनीति” “नेपालको स्वार्थ” “नेपालको आर्थिक कूटनीति”जस्ता कुरा सोच्न सक्ने एउटा मानिस पनि फिटिक्कै देखिएनन् । गफले राज्य सञ्चालन हुँदैन । चाहिन्छ ज्ञान र सीप‚ जुन लठैतहरुसँग नहुने भइहाल्यो ।
नेपाल भन्ने देश सरकारबिना पनि चल्ने रहेछ ?२) एमालेमा पनि परिवार, छोराछोरी, नातिनातिनीबाहेक “समाज” “मुलुक सोच्न” “आर्थिक प्रणाली”, “राजनीतिक प्रणाली” कूटनीति” “विदेशनीति” “नेपालको स्वार्थ” केही सोच्न सक्ने एउटा मानिस पनि देखिएनन् । अण्डर एसएलसीको झुण्डसँग धेरै आशा गर्नै नमिल्ने कुरो स्वाभाविक पनि हो ।
आफूलाई कमिसन आउँदैन भनेपछि भुइँचालो पीडितलाई विदेशीले दिएको सहयोग पनि बरु कुहाउने तर पीडितलाई नबाँड्ने गरेको अमानवीय व्यवहार समेत प्रस्ट देखियो ।
३) कांग्रेसहरूमा परिवार, छोराछोरी, नातिनातिनी लगायत “समाज” “मुलुक सोच्ने” “आर्थिक प्रणाली”, “राजनीतिक प्रणाली” कूटनीति” “विदेशनीति” “नेपालको स्वार्थ” सोच्न खोज्ने अलिअलि पढेलेखेका देखिए पनि यति भ्रष्ट मानिस मात्र रहेछन् कि उनीहरुको पढाइ, चातुर्य, वाकपटुता सबैलाई उनीहरुले सफलतापूर्वक भ्रष्टाचार गर्नका निम्ति चाहिने पूर्वाधारका रुपमा मात्र लिइदिएको देखिन्छ- मुलुकको प्रगति उन्नतिका निम्ति होइन । अर्थात, पीएचडी केका निम्ति गर्ने भन्दा भ्रष्टाचार गर्न भनेजस्तो मात्र छ । कोही मानिस पीएचडी हो र म कांग्रेस हुँ भन्छ भने बुझिहालिन्छ उसले पीएचडी गर्नुको उद्देश्य ।

राप्रपा त झन उहिले पञ्चायतको बेलादेखि नै भ्रष्टाचारको डिएनए रगतका नशानशामा लिएर हिँडेका भइहाल्यो । मधेसवादी नेताहरुले आफ्नै श्रीमतिलाई सांसद बनाउने बाहेक सिंगो नेपाल कहिल्यै सोचेनन् । सा-साना कम्निष्ट पार्टीको दोकान खोल्नेहरू पनि श्रीमति र आफूले पालोपालो मन्त्री खान दोकानको रुपमा पार्टी खोलेका जस्ता मात्र छन् ।
जनजाति नेताहरूले छुट्टै जनजातिको राजनीति गर्न थालेको २-४ वर्ष तातेताते मात्र हो । यसले गर्दा अरुभन्दा राम्रो ढंगले राष्ट्रिय राजनीति गर्ने अनुभव हासिलै गरिसकेको देखिँदैन । अहिलेसम्म अनुभवी जनजाति नेता अरु पार्टीका हनुमान मात्र हुने गरेकोले पनि हो कि ?
अर्थात, नाकाबन्दीले सर्वसाधारणको आर्थिक रुपले बिजोग देखियो भने “नेता हुँ” भन्नेहरू “केही केही पनि खालो सार्ने सक्ने क्षमता पटकै रहेनछन्” भन्ने कुरो पनि छर्लंग्गै देखियो ।
जनताको मात्र होइन हरेक पार्टीहरु र पार्टीका झोला बोक्ने राजनीतिकर्मी हुँ भन्नेहरू “कूटनीतिको हिसाबले”, “राजनीतिक चातुर्यका हिसाबले” “योजनाबध्द र राम्रो तैयारी गरेर नेगोसियसन गर्ने सीपका हिसाबले” या कुनै पनि हिसाबले एउटा पनि “नेपालको नेता” बन्न लायक निस्केन । सबै नै नेपाललाई जसरी हुन्छ चुस्ने मात्र जान्ने‚ अरु फिटिकै नजान्ने । आफूलाई कमिसन आउँदैन भनेपछि भुइँचालो पीडितलाई विदेशीले दिएको सहयोग पनि बरु कुहाउने तर पीडितलाई नबाँड्ने गरेको अमानवीय व्यवहार समेत प्रस्ट देखियो ।

bikram-subba-postसरकारी कर्मचारीहरु “ब्ल्याकमा पेट्रोल मोटरसाइकलमा हालेर कार्यालय आए-गएको देखियो” र ब्ल्याक मार्केटले शासन चलाउँदा ओली सरकार हेरेकोहेर्‍यै भएर आफ्ना मान्छे नियुक्ति गर्दै बसेको देखियो । भनेपछि “नेपाल भन्ने देश सरकारबिना पनि चल्ने रहेछ” भनेर घामजत्तिकै प्रस्ट देखियो ।
सरकारका मन्त्री भनाउँदाहरू ‘तैंले तेरो श्रीमती र उसको पीए समेतलाई नातिनीलाई चीन घुमाउन लाँदा मेरी सालीलाई चाहिँ किन चान्स नदिएको ?’ भन्ने महान वादविवादमा चौबिसै घण्टा व्यस्त देखिए ।
स्वीकार्य नियमभन्दा बाहिर गएर वा ‘बिलो द बेल्ट लेभल’ किसिमले बोल्ने हो भने भर्खरै अमेरिकी राष्ट्रपतिको उम्मेद्वारलाई एक पत्रकारले सोधेझैँ “के ओली सरकार सरकारहरुमध्ये कमिक भर्सन वा ब्ल्याक मार्केट भर्सनको सरकार हो ?” भनेर ठ्याक्कै सोध्ने बेला भएको देखिन्छ ।

कोई टिप्पणी नहीं: