७ पुस, सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका नाममा तोडफोड र आगजनी गर्ने तथा देशविरुद्ध अभिव्यक्ति दिनेहरुलाई अब सरकारले कारबाही गर्ने बताएका छन् । सुनसरी एमालेको जिल्ला परिषद् उद्घाटनपछि सम्बोधन गर्दै ओलीले भने-‘आन्दोलनका नाममा धएका धेरै आगजनी, देशविरुद्धको अभिव्यक्तिहरु हामीले धेरै सहृयौं । अब सरकारले सहँदैन ।’
शान्तिपूर्ण आन्दोलन भनेर चौकीमा आक्रमण गरेको भन्दै उनले प्रहरी चौकी जलाउने, जिउँदै मान्छे जलाउनेहरुलाई त्यसो गर्नबाट रोक्दा दमन हुन्छ ? भन्दै प्रश्न गरे । लोकतन्त्रमा बिचार राख्न पाइने तर, आगो लगाउन नपाइने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षाका लागि सरकार कसैसँग नझुक्ने प्रष्ट पारे ।
‘एक नम्बर प्रदेशबाट एउटा गाउँ पनि तलमाथि हुन दिन्न‘
प्रधानमन्त्री ओलीले प्रदेश नम्वर- १ बाट एउटा गाउँ पनि तलमाथि नहुने बताए । सरकारी खर्चमा पार्टीको जनसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले भने-‘जोसुकै कराउँदै गरुन्, प्रदेश नम्वर एकबाट कुनै पनि ठाँउ तलमाथि हुने छैन । जनकपुरदेखि परतिरका मान्छेले सुनसरी, मोरङ र झापा मेरो भन्छन्, के भन्न खोजेका हुन् ? म बुझ्दिँन ।’ ओलीले नेपालको संविधानजस्तो सबैलाई अधिकार दिने संविधान संसारमा कहीँ कतै नभएको दाबीसमेत गरे ।
किमाथाङकादेखि पाथिभरासम्म विकासे योजना
प्रधानमन्त्री ओलीले दुई बर्षभित्र बिराटनगर-किमाथाङ्का सडक दुईण् लेनको बनाउने प्रतिवद्धता जनाए । त्यस्तै ताप्लेजुङको पाथीभरामा केवुल कार पुर्याउने र वैकल्पिक राजमार्गको रुपमा धरान-उदयपुर- कटारी सडकको स्तरोन्नति गरिने आश्वासन पनि ओलीले पूर्वाञ्चलवासीलाई दिए । उनले भने-‘अहिले म देशका लागि दिनमा १८ घण्टा खटिरहेको छु, जबसम्म बाँच्छु, देश र जनताका लागि इमान्दारितापूर्वक लागिपर्छु । जतिबेलासम्म प्रधानमन्त्रीमा रहन्छु, देश बनाउन लागिरहन्छु ।’ महासचिव ईश्वर पोखरेलसहितका एमाले नेताहरुले सम्बोधन गरेको सभामा सुनसरी मोरङका मधेसी बाहुल्य क्षेत्रबाट समेत कार्यकर्ताहरुको सहभागिता गराइएको थियो ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें