सोमवार, 21 दिसंबर 2015

नेपाल सरकारबाट निर्देशन पाए चाहेजति इन्धन दिन पेट्रो चाइना तयार

६ पुस, काठमाडौं ।  पेट्रो चाइनाको सहायक कम्पनी गोरमुड आयल रिफाइनरीका पदाधिकारीले चीनको केन्द्र सरकारबाट निर्देशन आए नेपाललाई चाहेजति इन्धन दिन सकिने बताएका छन् । कारोबार दैनिकका अनुसार उनीहरुले नेपालका नाकासम्म ढुवानी गरिदिने जानकारी पनि दिएका छन् ।
Nepali Tanker Rasuwagadi (2)बेइजिङस्थित नेपाली दूतावासका आर्थिक मामिला (इकोनोमिक मिनिस्टर) विनोद आचार्य नेतृत्वको सम्भाव्यता अध्ययन टोलीले छिन्गाईस्थित वाणिज्य विभाग र रिफाइनरीका पदाधिकारीसँग गरेको छलफलमा यस्तो आश्वासन आएको हो । रिफाइनरीले आफ्नै ट्यांकर र बुलेटबाट केरुङसम्म ढुवानी गरिदिने बताएको छ । यसअघि अनुदानको पेट्रोल पनि पेट्रो चाइनाले केरुङसम्म ढुवानी गरिदिएको थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव तथा अध्ययन टोलीका सदस्य शिव त्रिपाठीले गोरमुड रिफाइनरीले आफ्नै बुलेट र ट्यांकरबाट झण्डै १८५० किलोमिटर टाढा केरुङसम्म ढुवानी गर्ने बताए ।

कोई टिप्पणी नहीं: