मंगलवार, 4 अगस्त 2015

दलित माथिको दमनको जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

१९ साउन, काठमाडौं । दलित सभासद र अधिकारकर्मीहरुमाथि भएको प्रहरी दमनबारे जवाफ दिन व्यवस्थापिका संसदले सरकारलाई निर्देशन दिएको छ । मंगलबारको संसद बैठकमा विशेष समयमा बोल्ने सभासदहरुले बिजुलीबजारमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका दलित समुदायलाई दमन गरेको भन्दै गृहमन्त्रीको जवाफ मागेका थिए ।
सभासदहरुले धारणा राखिसकेपछि सभामुख सुवास नेम्वाङले बुधबारको बैठकको सुरुवातमै जवाफ दिन गृहमन्त्री बामदेव गौतमलाई निर्देशन दिए । उनले भने, ‘सिंगो व्यवस्थापिका संसदले चिन्ता र सरोकार व्यक्त गरेको छ । त्यसैले माननीय गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै भोलीको बैठकको सुरुवातमै कुरा राख्नका लागि र सभासदहरुले उठाउनु भएको सम्पूर्ण पक्षको जानकारी दिनका लागि निर्देश गर्दछु ।’ संविधानमा आफ्ना माग सम्वोधन गराउन माग गर्दै काठमाडौंको बिजुलीबजारमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका दलित सभासद र अधिकारकर्मीहरुमाथि प्रहरीले दमन गरेको थियो ।  

कोई टिप्पणी नहीं: