शुक्रवार, 28 अगस्त 2015

एमाले सभासद रञ्जु ठाकुरको सम्पर्क कार्यालयमा आगजनी

Ranju-Kumari-Thakur११ भदौ, सप्तरी । सप्तरीकी सभासद रञ्जुकुमारी ठाकुरको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्रबार बिहान सात बजेको समयमा अज्ञात समूहले तोडफोड गरेको सभासद् ठाकुरले अनलाइनखबरलाई बताइन् । ठाकुरले भनिन्-‘धेरै क्षति पुर्‍याउन खोजेको रहेछ, तर घरधनीले घरभित्र पस्न नदिएपछि बाहिरबाटै झ्याल फोरेका छन् । सम्पर्क कार्यालयको बोर्ड निकालेर फालेका छन् ।’ कसले आगजनी गरेको भन्ने नखुलेको बताउँदै ठाकुरले प्रहरीबिट नजिकै रहेको कार्यालयमा आगजनी हुनु गम्भीर रहेको बताइन् । उनले भनिन्-‘प्रहरीलाई पहिले पनि खबर गरेको थिए, तराईमा स्थिति राम्रो छैन् सुरक्षा गर्नुहोला तर, आज यस्तो घटना भयो ।’ आगजनी गर्ने समूहको प्रहरी र पार्टीबाट पनि खोजी कार्य जारी राखेको ठाकुरले बताइन् ।  

कोई टिप्पणी नहीं: