शुक्रवार, 28 अगस्त 2015

कमल थापाविरुद्ध रामहरि खनिएपछि सभाध्यक्षको रुलिङ

११ भदौ,काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सभासदहरुलाई अर्को सभासदले बोलेको विषयमा खण्डन र प्रतिवाद नगर्न निर्देशन दिएका छन् । संविधानसभाको शुक्रबारको बैठकमा कांग्रेस सभासद रामहरि खतिवडाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई लक्षित गर्दै संविधानसभालाई घरबार बनाउन खोज्नेले भारदारी सभा भनेर लान्छित गरेको भन्दै आपत्ति जनाएका थिए ।
kamal thapa and Ramhari khatiwoda थापाले दुई दिनअघि बोल्दा संविधानसभालाई ठूला दलले भारदारी सभा जस्तो बनाएको आरोप लगाएका थिए। त्यसको जवाफ दिँदै कांग्रेस सभासद खतिवडाले भने-‘संविधानसभालाई भारदारी सभा भन्ने पञ्चायत कालीन भूतले घरबारी सभा बनाउन खोजेको कुरा किन बिर्सन्छन् ।’ सभासद खतिवडाले कमल थापालाई लक्षित गर्दै आफू समानुपातिकमा बसेर श्रीमतीलाई चुनाव लडाउने र भाइलाई सभासद मनोनित गर्नेले संविधानसभालाई घरबार बनाउन खोजेको आरोप लगाएका छन् । खतिवडाले बोलिसकेपछि अध्यक्ष नेम्वाङले कुनै सभासदले बोलेको विषयमा आपत्ति रहे त्यति बेलै नियम अनुसार आपत्ति जनाउनुपर्ने बताए । ‘कुनै माननीय सदस्यले अर्को माननीय सदस्यको कुरामा आपत्ति भए नियम उल्लेख गरेर तत्कालै नियमापत्ति गर्नुपर्छ, त्यसपछि कसैले पनि व्यक्ति केन्दि्रत कुरा गर्न हुँदैन’ सभाध्यक्ष नेम्वाङले भने ।  

कोई टिप्पणी नहीं: