शुक्रवार, 3 जुलाई 2015

त्रिदेशीय कोरिडरमा भारत 'सकारात्मक'

नयाँ दिल्ली, असार १८ - नेपाल, भारत र चीनबीच आर्थिक सम्पर्क-बिन्दू कायम हुने गरी त्रिदेशीय रेल तथा सडक मार्ग निर्माण गर्न भारत सरकार सकारात्मक देखिएको छ ।
nepal-chinaभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डेढ महिना अघिको बेइजिङ भ्रमणताका चीनले त्रिदेशीय रेल तथा सडक सम्पर्क योजनाबारे प्रस्ताव अघि सारेको थियो । 'यो एसियाली क्षेत्रलाई जोड्न र हाम्रो साझा छिमेकी नेपाललाई सघाउ पुर्याउन पनि त्रिदेशीय यातायात सम्पर्कको प्रस्ताव निकै सकारात्मक छ, यसलाई भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक रुपमा लिनुभएको प्रतिक्रिया हामीले पाएका छौं,' चिनीयाँ विदेश मन्त्रालयमा एसियाली मामला हेर्ने उप-महानिर्देशक हुवाङ जियाङले अन्र्तराष्ट्रिय समाचार एजेन्सीलाई भनेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको बेइजिङ भ्रमणताका बिषय-प्रवेश भएको त्रिदेशीय 'कोरिडर' मामला गत साता नेपालमा सम्पन्न दाता सम्मेलनमा पनि भारत तथा चीनका विदेश मन्त्रीबीच 'साइडलाइन' कुराकानीमा उठेको थियो । 'भारतीय विदेश मन्त्री सुषमा स्वराज र चिनियाँ समकक्षी वाङ यीबीचमा त्रिदेशीय कोरिडर निर्माणमा प्रारम्भिक सहमति जुटेको छ,' जियाङले भने-'अबको चरणमा कोरिडर निर्माणको प्रकृयाका लागि संयुक्त कार्यदल गठन गर्ने र सम्भाव्यता अध्यन गर्ने काम अघि बढ्नेछ ।' यो कोरिडरमा हाल तिव्वतको सिगात्सेसम्म आइसकेको चिनियाँ रेल्वे नेटवर्कलाई नेपालको सिमावर्ती बिन्दू हुादै भारतसम्म बिस्तार गर्ने सम्भाव्यता बढी छ । भारत र चीनको आर्थिक समृद्धिका माझ नेपाल एउटा 'गतिशिल पुल' (भाइब्रेन्ट ब्रिज) बन्न सक्ने भन्दै विकासको नयाँ अवधारणामा बहस भैरहेका बेला त्रिदेशीय-कोरिडरमा भारत-चीन सहमत भएका हुन् ।

प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि भारतीय विदेश मन्त्रालयका अधिकारीबीच भएको समीक्षा बैठकमा चिनिया रेल्वेको नेटवर्क 'बुद्धिष्ट सर्किट'का रुपमा बढाउन सकिने र यसलाई नेपालको लुम्बिनी हुादै भारतको सारनाथसम्म ल्याउन सकिने सम्भाव्यतामा छलफल चलेको थियो । 'तर चीनको सिगात्सेबाट अघि बढ्ने रेल्वे नेटवर्क नेपालको तातोपानी-सिन्धुपाल्चोक) अथवा केरुङ-रसुवा) हुँदै कुन बिन्दूबाट जोडिने हो, त्यसमा पनि त्रिदेशीय कोरिडरको योजना निर्देशित हुने सुझाव दिइएको थियो,'मन्त्रालयका एक अधिकारीले भने ।
तर, त्रिदेशीय मामला भएरै पनि लिपुलेक नाकामा नेपाली पक्षको कुनै परामर्श नलिइएका कारण हाल यो बिषय विवादित बनेको छ । नेपाल-भारत-चीनबीचको त्रिदेशीय नाका एवं नेपाल अधिनस्थ लिपुलेकलाई भारत र चीनले आपसी नयाा ब्यापारिक बिन्दू बनाउने भन्दै डेढ महिनाअघि बेइजिङमा सहमती जनाएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा गत मे १५ मा लिपुलेक ब्यापारिक नाकाबारे सम्झौता भएको थियो । भारत-चीनबीच सम्पन्न सम्झौताको २८ नम्बर बुादामा त्रिदेशीय नाका लिपुलेकलाई दुइ देशले ब्यापारिक बिन्दू बनाउने भनिएको छ ।  

कोई टिप्पणी नहीं: