गुरुवार, 21 मई 2015

दाेलखाका २० बस्ती सार्नुपर्ने !

चौतारा, जेष्ठ ७ - जिल्ला दैवी प्रकोप उद्धार समितिले कम्तीमा २० स्थानका बस्ती स्थानान्तर गर्नुपर्ने जानकारी संसदीय समितिलाई दिएको छ। प्रजिअ कृष्णप्रसाद ज्ञवालीका अनुसार बरुवा, बासखर्क, तातोपानी, बाह्रबिसे, मार्मिन, गुम्बा, गोल्चे, फुलपिङकट्टी, माङ्खा, घोर्थली, भोताङ, हेलम्बु, राम्चे, बाह्रबिसेलगायत गाविसका बासिन्दालाई तत्काल स्थानान्तर गर्नुपर्ने प्रारम्भिक ठहर गरिएको छ। ‘गाविस र सर्वपक्षीय समितिमार्फत त्यहाँको थप विवरण लिन सुरु गरेका छौं,’ उनले भने। जिल्लाका राजनीतिक दल र सभासदहरूले भने एकीकृत बस्ती विकास नीति लागू गर्नुपर्ने सुझाव दिएका छन्।
dolakhaजिल्लाका ६६ हजार घरधुरीमध्ये करिब ६३ हजार ध्वस्त भएको छ। एमाले सभासद अमृतकुमार बोहरा र शेरबहादुर तामाङ, एमाओवादीका अग्निप्रसाद सापकोटा र ल्हारक्याल लामा तथा राप्रपाका रमेश लामाले संसदीय समितिसँग सिन्धुपाल्चोकबाटै नमुना पुनर्निर्माण सुरु गर्न माग गरे। सभासद रेखा शर्माको नेतृत्वमा जीवन शाही र भानुभक्त ढकालसहितको संसदीय टोली जिल्ला आएको थियो। उनीहरूले विभिन्न गाउँ गएर सुझाव संकलन गरेका थिए।
चीनको ३३ ट्रक राहत लामोसाँघुमा
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पठाएको ३३ ट्रक राहत सामग्री बुधबार सिन्धुपाल्चोकको लामोसाँघुमा ल्याइएको छ। चिनियाँ टोलीले ल्याएको सामग्री लामोसाँघुस्थित राहत वितरण केन्द्रमा राखिएको छ। सिन्धुपाल्चोकलाई पठाइएको उक्त राहतमा टेन्ट, ब्ल्याङ्केट, चामललगायत छन्। प्रजिअ ज्ञवालीका अनुसार पहिरोले बन्द भएको तातोपानी नाका खुलाउँदै सामान बोकेका ट्रक ल्याइएको थियो।

स्मारक बनाउन सुझाव
संसदीय समितिले सिन्धुपाल्चोकको तातोपानीस्थित दुगुनागढीमा भूकम्पमा मृत्यु भएकाको सम्झनामा स्मारक बनाउन सुझाव दिएको छ। भूकम्पको केन्द्रविन्दु मानिएको गढीका तीन वडाका बासिन्दा विस्थापित भइसकेका छन्। मानव बस्तीविहीन बनेको गढी पूर्ण रूपमा ध्वस्त भएको छ।
‘भूकम्पको केन्द्रविन्दु र ऐतिहासिक स्थल गढीमा स्मारक बनाउन सिफारिस गरिनेछ,’ सभासद भानुभक्त ढकालले भने। पर्यटकीय स्थलका रूपमा रहेको दुई गढीको अस्तित्व नै मेटिएको छ। गढी नजिकै घर भएकी साङ्मु शेर्पाले भनिन्, ‘हामी त सुकुम्बासी भयौं, गाउँ छाडेर कतिन्जेल बाहिर बस्ने।’
तातोपानीका ६० प्रतिशतभन्दा बढीले गाउँ छाडिसकेका छन्। गाविस सचिव डम्बरबहादुर श्रेष्ठका अनुसार कुनाकाप्चामा बसोबास गर्दै आएका र राजधानी जाने हैसियत नभएकाहरू मात्र गाउँमा बसिरहेका छन्। गढी आसपासमा दिनैपिच्छे पहिरो चलिरहेको छ। नजिकैका बस्ती सबै हटाइएको छ। स्थानीय विकास अधिकारी युवराज कट्टेलका अनुसार त्यहाँ बस्न सक्ने अवस्था छैन।

कोई टिप्पणी नहीं: