गुरुवार, 21 मई 2015

पाल्पाका घर परीक्षण गर्न इञ्जिनियर परिचालन !

७ जेठ, तानसेन । विनाशकारी भूकम्पबाट क्षती भएका पाल्पाका गाउँगाउँका घरहरुमा इञ्जिनियरहरु परिचालन हुने क्रम सुरु भएको छ । स्थानीय प्राविधिक परीक्षण विना घरमा बस्न डराएका कारण घरहरुको अवलोकन गर्न तथा परीक्षण गरी ३ प्रकारका स्टीकर टाँस गर्न लागेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक बिष्णुकुमार कार्कीले बताए । उनले जनतालाई सकेसम्म छिटो राहतसँगै सुरक्षित महशुस गराउन प्राविधिक टोली परिचालन गरिएको बताए । रातो, पहँलो र हरियो स्टिकर टाँस गर्न लुम्विनी इञ्जिनियरिङ कलेज भलवारी रुपन्देहीले प्राविधिक सहयोग गरेको छ । ईञ्जिनियरहरुले जिल्लाका १६ हजार बढी घरहरुको अवलोकन तथा अध्ययन गर्नेछन् । बस्नै नमिल्ने घरमा रातो, मर्मत गरेर बस्न मिल्नेमा पहेँलो र क्षति नभएका घरमा हरियो स्टिकर टाँस्ने गरिन्छ । – सुशील नेपालबाट  

कोई टिप्पणी नहीं: