बुधवार, 22 अप्रैल 2015

सुपर ओभरमा पन्जाबले राजस्थानलाई हरायो

९ वैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग क्रिकेट (आईपीएल)मा किंग्स इलाभेन पन्जाबले राजस्थान रोयल्समाथि सुपर ओभरमा रोमान्चक जित हात पारेको छ । यो सिजन राजस्थानको पहिलो हार हो भने खेलको निर्णय सुपर ओभरबाट लिइएको पनि पहिलो हो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो ।
Rajasthan Royals v Kings XI Punjabराजस्थानका अजिन्क्या रहाणेले ५४ बलमा ७४ रनको योगदान दिए । कप्तान शेन वाट्सनले ३५ बलमा ४५ रन जोडे । अन्तिम ओभरमा स्टुअर्ट बिन्नीले चार बलमा एक चौका र एक छक्काको मदतमा १२ रन बनाएपछि राजस्थानले १९१ रन बनायो । अक्षर पटेलले २ र संदीप शर्माले एक विकेट लिए । जवाफमा मैदान उत्रिएको पन्जाबको सुरुवात खराव रहृयो । खेलको कप्तानी गरिरहेका वीरेन्द्र सहवाग दोस्रो ओभरमा मात्र १ रन बनाएर आउट भए । मरली विजय २१ र म्याक्सवेल मात्र १ रनमा पभेलियन फर्किए । ५९ रन जोड्दा ३ विकेट गुमाएको पञ्जाबको पारी शन मार्स र डेभिड मिलरले सम्हाले । मार्शले ६५ रन बनाए । १८ औं ओभरमा दीपक हुडाको बलमा डेभिड मिलर पनि ५४ रनमा आउट भए । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि १४ रन चाहियो । पहिलो र दोस्रो बलमा २/२ रन लियो भने तेस्रो बलमा १ र चौथो र पााचौ बलमा फेरि २/२ रन जोड्यो । अब जितका लागि अन्तिम बलमा ५ रन चाहिएकाले छक्काको कुनै विकल्प थिएन । तर, फल्कनरको बलमा अक्षर पटेलले चौका हानेपछि खेलमा बराबरी भयो र निर्णय सुपरओभरमा गयो ।
सुपर ओभरमा पन्जाबका मिलर पहिलो बलमै आउट भए । तर, मार्शले तेस्रो, चौथो र पााचौ बलमा लगातार चौका हानेपछि पञ्जाबले एक ओभरमा १५ रन बनायो । जवाफमा राजस्थानले पनि पहिलो बलमा नै शेन वाट्सनको विकेट गुमायो । तेस्रो बलमा फल्कनर रन आउट भएपछि पन्जाबले रोमान्चक जित हात पारेको छ ।  

कोई टिप्पणी नहीं: