बुधवार, 22 अप्रैल 2015

धादिङ बस दुर्घटनामा मृत्यु भएका भारतीय तीर्थयात्री एउटै गाउँका

९ वैशाख, काठमाडौं । धादिङको झ्याप्ले खोलामा बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका १४ भारतीय तीर्थयात्री एउटै गाउँका रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मी । तस्वीर सौजन्य : एपीएफ 
Indian-Bus-Accident-at-Dhadपशुपतिनाथ मन्दिर दर्शन गरी भारत फर्किँदै गरेका ४५ तीर्थयात्री सवार बस बुधबार विहान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । १४ मृतक भारतको गुजरात प्रदेश अन्तरगत सुरेन्द्रनगर जिल्लाको होटुवान भन्ने स्थानका रहेको सशस्त्र प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा गणेश शंकर छतवारा, गणेश शिवा छतवारा, इश्वरी सामजी छतवारा, दलपत छतवारा, गंगाराम छतवारा, नरसिं प्रोपत छतवारा, जुस्वेन छतवारा छन् । यसैगरी कन्चनवेन छतवारा, सविता वेन छतवारा, गौरी वेन छतवारा, लिला वेन छतवारा, चम्पावेन छतवाराको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका बस सहचालक अल्फेज पटेल पनि होटुवान जिल्लाका हुन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
घाइतेहरुको राजधानीका विभिन्न आठ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये मेघा अस्पतालमा चार जना, शिवज्योती अस्पतालमा आठ जना, सहीद मेमोरियलमा दुई जनाको उपचार भइरहेको छ । त्यस्तै नेपाल एपीएफमा एक जना, दीर्घायू अस्पतालमा चार जना, टिचिङमा सात जना तथा बयोधा र नर्भिक अस्पतालमा एक-एक जनाको उपचार भइरहेको छ । दुर्घटनाको उद्दारमा नेपाल प्रहरी साथै सशस्त्र प्रहरीको एकसय ५० जनाको टोली खटेको थियो । भारतीय तीर्थयात्री सवार दुई तले बस सडकबाट एक सय मिटर तल खसेको छ । 

कोई टिप्पणी नहीं: