शनिवार, 28 फ़रवरी 2015

‘कांग्रेस–एमालेले संविधानसभालाई ब्यारेक बनाए’

फोटो :फाइल फोटो
 काठमाडौं फाल्गुन १६ : संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईले कांग्रेस–एमालेले संविधानसभालाई ब्यारेक बनाएको आरोप लगाएका छन् । खुलामञ्चमा भएको ३० दलीय गठबन्धनको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राईले कांग्रेस एमालेको उल्टै गति उल्टै मतिले देश र जनताले दुःख पाएको जिकिर गरे । ‘उल्टो बुद्धि भएका कांग्रेस एमालेले संविधानसभालाई ब्यारेक र जेल बनाउने काम गरे’, अध्यक्ष राईले भने, ‘कांग्रेस र एमालेले उल्टै गति उल्टो मति लिएका छन् । संविधानसभालाई प्रतिगमनको औजार बन्नबाट रोक्नका लागि हामी आन्दोलनमा उत्रेका हौं ।’ अध्यक्ष राईले १० प्रदेशको संविधान बनाएमात्रै शिल्पी समुदाय, मुसलमान, सीमान्तकृत र आदिवासीको अधिकार सुरक्षित हुने जिकिर गरे । ‘अल्पसंख्यक र जनजातिको पहिचानको ग्यारेन्टीसहितको संविधान माग्दा सरकार दमनमा उत्रन्छ’, राईले भने, ‘सरकारको दमनप्रति घोर भत्सर्ना गर्दछु ।’

कोई टिप्पणी नहीं: