सोमवार, 26 जनवरी 2015

३० दलीय मोर्चाले भण्डाफोर अभियान चलाउने

चैत १६ बाट निर्णायक आन्दोलन गर्ने निर्णय
१२ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले भण्डाफोर अभियानसहित चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । मोर्चाको सोमबार बसेको बैठकले तीन चरणमा आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलनको निर्णायक चरण भने चैत्र १६ गतेबाट सुरु गर्ने मोर्चाको निर्णय छ । ‘सरकारको रबैया अनुसार आन्दोलनको स्वरुप निर्धारण हुन्छ’ एमाओवादी अध्यक्ष एवं मोर्चाका संयोजक प्रचण्डले भनेका छन् । एमाओवादी र मधेसी मोर्चासहितको ३० दलहरुले पहिलो चरणमा सत्तारुढ दलहरु र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कदमविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । माघ १२ गतेदेसख २० गतेसम्म पार्टीको बैठक तथा अन्तरक्रिया गरिनेछ भने २१ गतेदेखि २९ गतेसम्म गाउँ, नगर र निर्वाचन क्षेत्र स्तरमा अन्तरक्रिया, भित्ते लेखनसहितका भण्डाफोर तथा खबरदारी अभियान चलाइनेछ ।
30-Party-Meetफागुन १ देखि १० गतेसम्म जिल्लाहरुमा घेराउ, धर्ना, विरोधसभा गरिनेछ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन फागुन १६ गते काठमाडौंमा जनप्रदर्शनसहित आमसभा गर्ने कार्यक्रा तय भएको एक नेताले बताएका छन् । दोस्रो चरणको आन्दोलन फागुन १७ बाट सुरु हुनेछ । यो आन्दोलन पहिलो चरणको भन्दा शसक्त हुने बताइएपनि कार्यक्रम भने तय गरिएको छैन । चैत १६ गतेबाट सुरु हुने तेस्रो चरणको अन्दोलनन निर्णायक हुने मोर्चाले बताएको छ । 

कोई टिप्पणी नहीं: