सोमवार, 26 जनवरी 2015

कारिकोट स्याङ्जामा निशुल्क आँखा सिविर संपन्न !

कारिकोट माघ १२ - कारिकोट गाबिस वडा नम्बर २ (टुंकोट) ठाटी भांज्यांग स्थित श्री भुयर जन कल्याण युवा क्लब प्रागणमा "लायन्स क्लव फिस्टेल फेवासिटी" पोखराले आयोजना गरेको निशुल्क आँखा सिविर आजै सुरु भै आज साँझ नै सम्पन भएकोछ । जसमा कारिकोट , आलमदेवीका सैयौ आँखा बिमारीहरुले आफ्नो आँखा जांच गराएका थिए। जसमा २१ जना मोतिया बिन्दुका बिमारी फेला परेको छन्। उनीहरुलाई पोखरा रेफर गरिएको छ ! उहाँहरुको त्याँहा निसुल्क उपचार हुनेछ । हिमालय अस्पताल (घारीपाटन) बिरौटाले सो उपचार गर्नेछ। एक जना स्थानीयका अनुसार त्यहाँ २ प्रकारले उपचार हुने गर्दछ ! एउटा खुल्ला हात मार्फत भने अर्को कम्प्युटर प्रविधिबाट ...। हातले मोतिया बिन्दु को अप्रेशन गर्दा पैसा नलाग्ने छ, भने कम्प्युटर प्रविधिबाट गर्न चाहेमा भने पैसा लाग्ने उहाँले जानकारी गराउनु भएको थियो । बाँकी बिमारीलाई आउने, जाने खर्च खाना खर्च अस्पतालले या आयोजक संस्थाले गर्नेछ। तस्बिर सौजन्य : बम लामिछाने जी मार्फत

कोई टिप्पणी नहीं: