शनिवार, 22 नवंबर 2014

पहिचान र संघीयताविहिन मान्य छैन : राई

काठमाडौं, मंसिर ६ - संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईले पहिचान र संघीयताविहीन संविधान मान्य नहुने बताएका छन् । पार्टीको तेस्रो स्थापना दिवसका सन्दर्भमा आयोजित चियापन कार्यक्रममा शनिबार उक्त विचार व्यक्त गरेका हुन् । 'अन्तरिम संविधान, २०६३ ले सुनिश्चित गरेको विषयलाई लत्याएर सत्तारुढ दलहरुले हर्कतप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' महाराजगन्जस्थित पार्टी कार्यालय परिषरमा सम्बोधन गर्दै अध्यक्ष राईले भने, 'कांग्रेस र एमालले पहिचातविहीन सात प्रदेशलगायको प्रस्ताव जनताको म्यान्डेटविपरीत छ । पहिचानसहितको संघीय संविधान हाम्रो अन्तिम बटम लाइन हो । पहिचान र संघीयताविहीन संविधान कुनै हालतमा मान्य हुनेछैन ।'
Ashok Raiअध्यक्ष राईले कांग्रेस र एमालेले १२ बुँदे सम्झौता, आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलितलगायतसित भएको सहमतिहरु पूरै नकारेको उल्लेख गरे । 'ठूला दलले पुरानै खालको न्याय प्रणाली, पंचायतकै निर्वाचन प्रणालीको कुनै तुक छैन,' प्रमुख दलका नेताले राजनैतिक सहमति तथा संवाद समितिलाई बाइपास गरेको उल्लेख गर्दै उनले भने, 'संसदमा संघीयता, न्यायप्रणली, समानुपातिक निर्वाचन प्रणाली, शासकीय स्वरुपलगायतका गम्भीर विषयमा छलफल, बहस गर्न समय नदिने तर विनियममै नभएको भोटिङबाट संविधान निर्माणमा निकास दिने दिवास्वप्नमात्र हो ।' बाइस दलीय गठनबन्धन यथावत रहने र संघर्षका कार्यक्रम अघि बढ्ने उनले जनाए । उक्त पार्टीको भ्रातृसंगठन संघीय युवा महासंघले शुक्रबार राजधानीको इन्द्रचोकमा प्रस्तावित सात प्रदेशको खाका जलाएर विरोध प्रदर्शन गरेका थिए ।

संघीय समाजवादी पार्टी आदिवासी जनजाति, खस समुदाय, मधेसी, दलित तथा मुस्लीम लगायत सबै जात-जाति, जनजाति तथा भाषा-भाषीहरुको एकता र दोस्रो वाहृय हस्तक्षेपवाट मुक्ति दिने मूल उद्देश्यसहित नयाँ शक्तिका रुपमा दुई वर्षअघि घोषणा गरेका हुन् । पार्टी निर्माणसँगै दोस्रो संविधानसभामा सहभागी भएपनि प्रत्यक्षतर्फ कुनै सिट जित्न नसक्दा पार्टी पंक्तिमा असन्तुष्टि छाएको थियो । समानुपातिकतर्फ पाँच सिट हातपारेको थियो । उक्त सिटमा अध्यक्ष राई स्वयं सभासद बनेपछि पदाधिकारी र कार्यकर्ताले पार्टी छाडेका थिए ।
त्यति हुँदाहुँदै अहिले पार्टी संगठन विस्तारका क्रम तीव्र गतिमा अघि बढेको  उपमहासचिव अजम्बर राई काङमाङले दावी गरे । 'संगठन विस्तारसँगै पच्चीस जिल्लामा संघीय जागरण अभियान सम्पन्न भइसकेको छ,' युवा, महिला र गैरभौगोलिक जिल्ला कमिटिमा नयाँ नेतृत्व चयन भएको उल्लेख गर्दै उनले भने, 'अब पुसभित्र विद्यार्थी युनियन, जिल्ला सम्मेलन गरिने छ ।' त्यसैगरी जनमुक्ति पार्टी, खस समावेशी राष्ट्रिय पार्टी, संघीय गणतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसित पार्टी एकीकरणको पहल भइरहेको समेत काङमाङले जनाए । अन्य पार्टीसित एकीकरणपछि संघीय समाजवादी पार्टीको स्वरुप बदलिने र त्यसपछि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । 

कोई टिप्पणी नहीं: