शनिवार, 22 नवंबर 2014

अफगानिस्तानमा एक नेपालीको मृत्यु

मंसिर ६ - अफगानिस्तानको जलालाबाद स्थित विदेशी नागरिकका लागि आतिथ्य व्यवस्थापनको केन्द्र ग्रिनभिलेजमा गत विहिबार राती भएको बम आक्रमणमा एक नेपाली गार्डको निधन भएको छ ।
त्रिशुली घर भएका ४२ बर्षिय निरन्जन तामाङको उक्त आक्रमणमा निधन भएको पुष्टी भएको छ । तालिवान बिद्रोही समूहले गरेको आक्रमणमा अरु दुइ नेपाली सामान्य घाइते भएपनि उपचार पछि काममा फर्किसकेको कावुलस्थित पत्रकार सुवेल भण्डारीले बताए । मृतक तामाङसँग भिसा, कागजात रहेकाले उनको शव घर फिर्ता पठाउन मुश्किल नरहेको र यसै साताभित्रमा शव फिर्ता पठाउने प्रकृया पुरा हुने उनले बताए । ग्रिनभिलेजमा मात्रै अढाइ सयभन्दा बढी नेपाली सुरक्षाकर्मी कार्यरत छन् । 

कोई टिप्पणी नहीं: