शनिवार, 29 नवंबर 2014

१५ मिनेटमै इबोला परीक्षण

कोनाक्रिख , मंसिर १३ - बेलायती वैज्ञानिकहरूले इबोला भाइरसको उपचारका लागि नयाँ परीक्षण सुरु गरेका छन् । उनीहरूले १५ मिनेटमै गर्न सकिने गरी रगत र र्‍यालको परीक्षण थालेका हुन् । बेलायती अनुसन्धान कर्ताहरूले गिनीको कोनाक्रिखमा परीक्षण सुरु गरेका छन् ।
ebolaयसअघिको परीक्षणको विधि जापानी वैज्ञानिकहरूले गरेका थिए । यसअघिको परीक्षणको अवधि २१ मिनेटको थियो । यसले बेलैमा उपचार गर्न सहयोग पुग्नेछ ।
यसअघि इबोला भाइरसको प्रकोपका बारेमा पत्ता लगाउन समय लाग्ने भएकोले उपचार पनि ढिला हुने र यसका कारण संक्रमण रोक्न निकै समय लाग्ने भएको थियो । सौर्य ऊर्जाद्वारा सञ्चालित उक्त पोर्टेबल प्रयोगशालाले अहिले पश्चिम अफ्रिकामा भइरहेको परीक्षणभन्दा ६ गुणा छिटो परिणाम दिने बीबीसीले जनाएको छ । यसमा मोबाइल सुटकेस प्रयोगशालाको प्रयोग भएको छ । यो कोठामा हुने जतिको तापक्रममा पनि काम गर्नेछ । यो परियोजनालाई वेलकम ट्रस्ट मेडिकल च्यारिटी र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागले आर्थिक सहयोग गरेको छ । विद्युत् र कोल्ड स्टोरको सुविधा नभएको दुर्गम क्षेत्रमा यो झनै लाभदायी हुनेछ । 'इबोलालाई रोक्न बेलायतले हरसम्भव सहयोग प्रदान गरिरहेको छ,' विभागकी सचिव जस्टिन गि्रनिङले भनिन् ।

कोई टिप्पणी नहीं: