बुधवार, 20 अगस्त 2014

माघ ८ पछि प्रधानमन्त्री र राष्ट्रपति दुवैले पद छोड्ने !

काठमाडौं भाद्र ४ - प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ मा संविधान जारी भएपछि आफू र राष्ट्रपति डा. रामवरण यादव दुवैले पद छोड्ने घोषणा गरेका छन्। सत्ता साझेदार एमालेले राष्ट्रपतिको संसदबाट अनुमोदन हुनुपर्ने अडान राख्दै आएका बेला कोइरालाले यस्तो घोषणा गरेका हुन्।
संविधान जारी नभएसम्म त्यस विषयतर्फ लाग्न नहुने बताउँदै कोइरालाले भने, 'माघ ८ गते नयाँ संविधान जारी भएपछि राष्ट्रपतिले पनि छोड्नु हुन्छ, म पनि बसिरहन्न, छोडी हाल्छु।' बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिने कार्यक्रममा उनले भने, 'राष्ट्रपतिको अनुमोदन गर्ने भनेर बखेडा झिक्नु आवश्यक छैन।' प्रधानमन्त्री कोइरालाले सत्ता साझेदार र विपक्षी दलहरूबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाले अनुमोदन गर्नुपर्छ भन्ने आवाज आएपनि अहिलेको अवस्थामा एउटा मर्यादित संस्थालाई अनुमोदन तर्फ लैजान नहुने बताए। 'राष्ट्रपति व्यक्ति होइन, संस्था हो' कोइरालाले भने, 'यो संस्थालाई विवादमा नपारौं।' उनले भर्खरै संस्थागत हुँदै गएको निकाय (राष्ट्रपति) लाई अनुमोदन गर्ने/नगर्ने भनेर विवादमा तान्न नहुने धारणा पनि राखेका थिए। 

कोई टिप्पणी नहीं: